गणतन्त्र स्मारकका लागि ८२ रोपनी जग्गा


काठमाण्डौ,चैत ३

सरकारले गणतन्त्र स्मारकको निर्माणको लागि नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वपट्टि ८२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्मारकका लागि आवश्यक रकम उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो । यसैगरी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय पर्वतीय  सम्मेलनका लागि आउने अथितिलाई निःशुल्क प्रवेशाज्ञा उपलब्ध गराउने निर्णय गरिएको छ । हिमालय मुलुकहरुको सम्बन्धमा सार्क घोषणालाई कार्यान्वयन गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्ले गरेको मन्त्री त्रिपाठीले बताउनुभयो । यसैगरी लुम्बिनी सगरमाथा शान्ति पदयात्रा तथा बृहत् हिमालय सम्मेलनका लागि दुई करोड रुपैयाँ उपलब्ध गराइने भएको छ भने राजधानीमा जारी कानुन व्यवसायीहरुको १२ औँ सम्मेलनका लागि सात लाख रकम उपलब्ध गराइने भएको छ । 
यस्तै, शिक्षा सेवाअन्तर्गतका तीनजनालाई राजपत्र अनङ्कित प्रथम श्रेणीमा बढुवा गरेको छ । यसैगरी आजकै बैठकले गत माघमा भएको निजामती कर्मचारीहरुको सरुवाको सम्बन्धमा विवाद देखिएकाले त्यसलाई हल गर्नका लागि आगामी आर्थिक वर्षदेखि सरुवा गर्दा साउन, भदौ र असोज महिनामा गर्ने निर्णय गरेको छ । साउन महिनामा सामान्य प्रशासन तथा भदौ र असोजमा मन्त्रालय र विभागले सरुवा गर्ने व्यवस्थासहित निजामती सेवा ऐन २०५० को १० औँ संशोधन गरिएको छ । 
यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा ऋषि अधिकारीलाई दुई वर्षका लागि नियुक्त गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्ले गरेको छ । 

Related

राष्ट्रिय 5472147683454343464

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item