के........... लाई भन्दा देख्नेलाई लाज
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_9650.html
छत्रवहादुर मैनाली,
सिन्धुली,हाल(कोलम्विया)
भर्खरै पर्यटन तथा नागरिक उड्डयन मन्त्री जर्मनीमा हुने एक कार्यक्रममा भाग लिन जाने क्रममा अबुधाबी स्थित अध्यागमनले जर्मनीको भिषा नभएको भन्दै रोकेको समचारले पुन नेपालको राजनीतिकवृत लगायत विभिन्न क्षेत्रमा व्यापक रुपमा टिका टिप्पणी चली रहेको छ कतिपयले परराष्ट्र मन्त्रालय ,अध्यागमन बिभाग को कमजोरीले भएको हो भनि रहेका छन भने कतिपयले मन्त्री महोदयको आफ्नै कमजोरीले गर्दा भएको हो भनि टिप्पणी गरी रहेका छन चाहे जे होस् यो नेपालको प्रतिष्ठा संग जोडिएको बिषय हो सामान्य रुपमा विदेश जाँदा के के ,प्रक्रिया पुरा गर्नु पर्दछ भन्ने सामान्य ज्ञान को हेक्का राखिंदैन र आवश्यक प्रक्रिया पुरा भएको नभएको यकिनै नगरी पद प्रतिष्ठाको मोहमा वास्तविक बिषयलाई भुल्दै जाने हो भने यो भन्दा बढी कन्तबिजोग बेइज्जति मुलुकको लागी के नै हुन सक्छ र ? नेपाली उखानमा के........... लाई भन्दा देख्नेलाई लाज, भने जस्तो मुलुकको जिम्मेवार मन्त्री बिशेष गरेर हाई प्रोफाइल स्टाटस अन्तर्गत भ्रमण हुने गर्दछ भ्रमण मिति तय भैसके पछी आवश्यक सरजाम तय गर्नु भ्रमण मा जाने सम्बन्धित सबैको दायित्व हो तर यहाँ बच्चाले खेल्ने काम झैं भएको छ यस्तो राष्ट्रिय प्रतिष्ठा संग जोडिएको अहम बिषयलाई नेपाल सरकारले हल्का रुपमा लिन मिल्दैन यो घटना संग सम्बन्धित सम्पूर्णलाई कारबाहीको दायरामा तुरुन्तै ल्याउनुपर्दछ नेपालको प्रतिष्ठालाई मध्यनजर राख्दै यसको रक्षा गर्नु सरकारको दायित्व हो यो गल्ति चाहे जो सुकै बाट हुन गएको भए पनि यसलाई कम आँक्न मिल्दैन यदि अबुधाबी अध्यागमन को नियमानुसार तुरुन्तै कदम चालेको हो र हाम्रो कुटनीतिक नियोगले समयमै आवश्यक पहल कदमी नचालेको हो भने सायद नेपालको इतिहासमा बिना भिषा बहालवाला मन्त्री विदेश यात्रा गरेको अभियोगमा सम्बन्धित मुलुक जान नपाई बीच बाटो बाटै सुपुर्दुगी भएर फर्किएको नया रेकर्ड कायम हुने थियो होला धन्य नेपालको कुटनीतिक नियोगको तदारुकताले यो सम्भावित घटना घट्न बाट जोगाएको छ साथै व्यापक क्रिया प्रतिक्रियाको बाबजुद नेपालको प्रतिष्ठा थोरै भए पनी बचाउन मद्दत पुगेको छ नेपाली कुटनीतिक नियोगका कर्मचारीहरुले पुर्याएको योगदानको मुक्त कण्ठले प्रशंशा गर्ने पर्दछ । अझ अर्को चाख लाग्दो कुरा के छ भने मुलुकको जिम्मेवार मन्त्री विदेश भ्रमण जाने कुरा सम्बन्धित परराष्ट्र मन्त्रालयका मन्त्रीलाई थाहा नहुने यो कस्तो परिपाटी र सरकारी संयन्त्र हो ? परराष्ट्रमन्त्री स्वयम्लाई अबुधाबीमा मन्त्री महोदय लफडामा परि सके पछी मात्र उहाको भ्रमण बारे थाहा भएको खबर ले सरकारी संयन्त्रमा रहनुहुने सम्बन्धित बिषय बस्तुमै अनभिज्ञ हुनु भनेको यो भन्दा लाजमर्दो अवस्था अरु हुन सक्दैन यस प्रकारको लापरबाही हुँदै जाने हो भने भविष्यमा कस्तो किर्तिमान कायम हुने हो र मुलुकलाई कुन दाँजोमा पुर्याएर छाड्ने हुन् विश्वासयोग्य आधार दिन प्रतिदिन गुम्दै गैरहेको छ ।
सामान्यत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल स्थित अध्यागमन बिभागले जो कोहि विदेश भ्रमणमा जाने आउने हरुको सम्पूर्ण कागजपत्र ठिक छ छैन जांच बुझ गरी सम्बन्धित यात्रुको तथ्यांक राखेर मात्र आगमन र प्रश्थान को अन्तिम स्वीकृति दिने गर्दछ यो नियम सायद सबैमा लागु भएको हुनु पर्दछ किनकि राहदानीमा प्रस्थान र आगमनको छाप लगाउने काम अध्यागमन विभागको हो यहाँ के देखियो भन्दा मन्त्री भएकै नाताले निशफिक्री रुपमा आवश्यक जांच बुझ्नै नगरी सरासर जान दिनुले यो घटना घट्न पुगेको हो राहदानीमा छाप लगाउनु पुर्व राहदानी ठिक छ छैन कुन मुलुकको भ्रमणमा जान लागेको हो सम्बन्धित मुलुकको भिषा छ कि छैन ? यो सबै जांच गर्ने अधिकारप्राप्त अध्यागमन बिभाग भएको हुनाले सत्य तथ्य छानबिन हुनु पर्दछ नेपालको प्रतिष्ठा संग जोडिएको बिषयलाई ख्याल ठट्टा को पारामा लिन हुन्न केहि समय अगाडी एक जान एजेन्ट ले एरपोर्ट बाट मान्छे त् के हात्ती नै छिराईदिन सक्ने भनि दिएको अभिव्यक्ति ले धेरैको ध्यानाकर्षण गराएको थियो नभन्दै यो घटनाले सांचिकै लापरबाही हुने रहेछ भन्नेमा बिस्वस्त हुने आधार खडा गरी दिएको छ के अध्यागमन नियमावलीमा हाई प्रोफाइल भ्रमण मा जाने जोकोहीलाई बिना रोकतोक आवश्यक जांच पास नगरी सरासर जान दिनु भन्ने छ र ? यदि त्यस्तो छ भने समय अनुकुल परिवर्तन हुन जरुरि छ अन्तर्राष्ट्रिय बिमानस्थलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन को पनी आफ्नै नियम कानुन लागु भएको होला त्यो त् झन् मन्त्री महोदयलाई जानकारी हुनु पर्ने नै हो साथै त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुमा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय नियम कानुनको ज्ञान अबश्य हुनु पर्ने हो हैन भने यो घटना कसरि घट्न पुग्यो त ?
सरकारी संयन्त्र कति कम्जोर साथै गैर जिम्मेवारी रहेछ भन्ने यो घटना बाट थप पुष्टि भएको छ हिजो राजनीतिक पहुँचको आधारमा गैर व्यक्तिलाई समेत त्रिभुवन विमानस्थल को भी आइ पी द्वार प्रयोग गर्न दिएको समाचार नआएको हैन तर बिमानस्थलमा कार्यरत कर्मचारीहरु यस्तो सम्बेदनशील सूचना लुकाएर आफ्नो दुनो सोझ्याएर बफादारी भइ टोपलेको देखिन्छ जब सम्म दास मनाशिकता बाट माथि उठेर वास्तविक कर्तव्यपालन गर्दैनन् तब सम्म यस प्रकारको घटना नदोहोरिएला भन्न सकिन्न यौटा सानो कमजोरीले गर्दा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठामा आघात पुग्न गएको छ मन्त्रीका सहयोगीहरुको लापरबाहीको कारण हो अथवा अज्ञानताको कारणले हो ? राष्ट्रिय लज्जाको बिषय बनेको छ बिकशित मुलुकहरुमा प्रचलित नियम कानुनलाई अक्षरस पालना गर्ने हुँदा नियमविपरित अपबाद बाहेक कुनै पनी सुनुवाई नहुने निश्चित प्राय छ यस्तो अवस्थामा केहि कमि कमजोरी भइ हाल्यो भने अन्तर्राष्ट्रिय नियम कानुन को भागीदार हुनु पर्ने हुँदा परिचय दिएर समस्या बाट उन्मुक्ति मिल्लाकी भनि अनुरोध गर्नुले कुनै अर्थ राख्ला जस्तो लाग्दैन अत: भविष्यमा हुने हाई प्रोफाइल भ्रमण बारे सम्बन्धित निकायले पुन : गल्ति नगरोस साथै सम्बन्धित व्यक्तिले पनी १ मिनेटको समय निकाली आफ्नो कागजपत्र दुरुस्त छ छैन भनि परिक्षण गरेर मात्र गन्तब्य तर्फ पाइला चाल्दा सचेत नागरिकको दर्जा बाट तल झरिन्न थियो होला
पछिल्लो समय वर्तमान अवस्थामा सुधारको अपेक्षा गरे पनी आम उपभोक्ता को दैनिक जीवन संग सम्बन्धित आधारभूत आबश्यकता जस्तै खाना पकाउने ग्यास , पेट्रोलियम पदार्थ , बिजुली बत्ति , खानेपानी वितरणमा खासै सुधार आउन सकेको देखिएन ग्यासको भाउ बृधि गरे पनि पर्याप्त मात्रामा उपभोक्ताले ग्यास पाउन नसकी दिन दिनै हैरानी खेपी रहेका छन त्यस्तै पेट्रोलियम पदार्थको हालत पनि उस्तै छ अभाबै अभावको अवस्था सिर्जना गरेर मुलुकको प्राण प्रतिष्ठा माथिनै प्रश्न चिन्ह लागेकोछ नया नेपालको परिकल्पना केवल अभाब नै अभावको दैनिकी त हुने हैन ? यहाँ हामीले गम्भीर भएर चिन्तन मनन गर्नु पर्ने समय आएको छ एकातिर बजार क्षेत्रमा दैनिक उपभोग्य बस्तुको अभाव सिर्जना भइ रहेको छ भने अर्को तर्फ सरकारी गैरसरकारी निकायमा चरम रुपमा भ्रष्टाचार मौलाई रहेको छ भ्रष्टाचार अभियोग प्रमाणित भएका ले समाजमा अन्य पनि भ्रष्टाचारी छन भनि नामै किटान गरेर ठोकुवा गर्दा समेत यो भनाइलाई हांसी मजाकको रुपमा सम्बन्धित निकायले लिएको हो कि के हो ? बुझ्न सकिएको छैन हावा नचली पात पक्कै पनी हल्लेको हैन होला हामीले के अनुमान गर्न सक्छौं भने यति लामो समय राजनीतिक जीवन बिताएको जिम्मेवार व्यक्तिबाट खुलेआम नाम किटेर भ्रष्टाचारको आरोप लगाइन्छ भने पक्कै पनि दाल में कुछ काला हे भन्ने हिन्दी उक्ति जस्तै शंका गर्न सक्ने प्रशस्त आधार सिर्जना गरिदिएको छ हैन भने कुन आधारमा त्यस प्रकारको गम्भीर आरोप लगाउन सकेको होला ?यसरि जथाभावी कसैलाई पनी आरोप प्रत्यारोप लाउन कानुनले दिन्छ र ? बिषय र संधर्व बडो गहिरो छ यहाँ बुझेर बुझी नसक्नु को भद्रगोल अवस्थामा नेपाली जनता अनिश्चित भविष्यको बाटो तर्फ पुर्पुरोमा हात लगाउंदै जीवन गुजारा गर्दै छन नेपाली जनताको इमान्दारिता , सोझो पनको फाइदा उठाउंदै राज्यको नीति निर्माण तहमा पुग्न सफल भद्र भलाद्मी महोदयहरुको दुरदर्शिताको अभावमा आज मुलुक र मुलुक बाशिको कुन हविगत भैरहेको छ ? हामीले देखेर पनी अन्धो भएको जस्तो नौटंकी गरेर बसी रहेका छौं यसरि मौन बस्नु भनेको हामीले कुकर्मको समर्थन गर्नु बराबर हो यदि त्यस्तो हैन भने अब सबै एक जुट भएर जाग्नु पर्ने समयले जनाउ दिइ सकेको छ ।
नेतृत्व तहमा पुग्ने जो सुकैले एकांकी ढंगले अगाडी बढ्न खोज्नु भनेको जनमतको पुरै बेवास्ता गर्नु झैं हो यदि देश र जनता प्रति वास्तविक चिन्तन मनन गर्ने हो भने सर्व प्रथम राजनीतिक दलभित्रको कालो मैलो पखालिनु आवश्यक छ प्रदुषित अवस्थाको शारीरिक अंगहरुलाई एक एक गरी सफाई गर्नु आवश्यक देखिन्छ तब मात्र स्वच्छ ढंगले काम गर्ने बाताबरण तय गर्न सकिन्छ प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई ले केहि समय अगाडी ब्यक्त जेठ १४ मा संबिधान नबने ५० औं हजार मान्छे मर्न सक्ने भनि दिनु भएको अभिव्यक्तिको पछाडी कुन स्वार्थको तत्व लुकेको छ ?कुन स्वार्थलाई केन्द्रित गरी यो अभिव्यक्ति आएको हो ? के मुलुकमा अस्थिरता फैलाएर हुन सक्ने परिणामको भागी स्वरूप दशैंमा बलि दिने पशु बराबर हुन् र नेपाली जनता ? जहाँ निर्दोष आत्मालाई क्षणिक स्वार्थपूर्ति को निम्ति बलिदानी दिएर अन्ध विश्वास लाई प्रोत्शाहित गरिन्छ हैन भने अब पनि हत्या हिंशाको शब्दलाई खेलाई रहने हो र यसैको छाहरिलाई उत्तम बाटो देख्ने हो भने यहाँ भनि रहनु उचित नहुन सक्छ हैन भने मुलुकमा असल सासनको परिकल्पना कुन आधारमा गर्न सकिन्छ ?असल सासन अबलम्बन गर्नको निम्ति नेतृत्व तह देखिनै सुधार हुँदै तल्लो तह सम्म पुगे मात्र सफल हुने देखिन्छ हैन भने जति सुकै आदर्शको गफ हाँके पनि कुनै असर पर्ने देखिदैन तन मन बचन मा सुधता ल्याई एकाग्र भएर लागी पर्ने हो भने संसारमा असम्भव प्राय के नै छ र ? भौतिक विज्ञानमा विश्वास गर्ने जो कोहिले पनि थाहा भएकै कुरा हो संसारमा मनोभावनामा बगेर गरिने तर्क कुतर्क ले के हि समय समाजमा मनोगत रुपमा भ्रम सिर्जना गरी रहला तर जब सम्म भौतिक स्वरूपमा बिषयको बस्ताबिक्तालाई ढाल्न सकिन्न तब सम्म मनको लड्डु घिउ संग भने जस्तै उपयोगविहीन कुहिएको कर्कलोको पात बराबर हुनेछ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !