ट्वान्टी ट्वान्टी विश्वकप नेपालले आज डेनमार्कको सामना गर्दै


काठमाण्डौ,चैत १

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज डेनमाकृको सामना गर्दैछ ।  प्रतियोगितामो समुह ए मा नेपालले हिजो हङकङलाई हराएको थियो । खेल नेपाली समय अनुसार दिउँसो ४ बजे दुवईमा हुनेछ । विश्व बरियातमा नेपाल डेनमार्कभन्दा २ स्थान तल रहेको छ । आज नेपाल सहित अरु आठ ओटा खेल हुनेछन् । त्यस्तै आजका अन्य खेलमा बर्मुडा विरुद्ध हङकङ, क्यानडा विरुद्ध पपुवा न्युगिनी, आयरल्याण्ड विरुद्ध केन्या भिड्दैछन् ।

 त्यस्तै ईटली विरुद्ध अमेरीका, अफगानीस्तान विरुद्ध नेदरल्याण्डस, नामिवीया विरुद्ध स्कटल्याण्ड र ओमन विरुद्ध युगाण्डाबीच प्रतिस्पर्धा हुने क्रिकेट अनलाईन सस्ंकरणले जनाएको छ । १६ टोलीको सहभागिता रहेको छनौट प्रतियोगिताबाट उत्कृष्ट दुई टोलीले आउने सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकप क्रिकेटमा खेल्न पाउने छन् । हिजो समुह ए का नेदरल्याण्डस, नेपाल, अफगानीस्तान र डेनमार्क विजयी भएका थिए 

Related

प्रमूखखबरहरु 8167088892727507152

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item