महोत्तरीको १५ औं जिल्ला परिषद सम्पन्न
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_6187.html
महोत्तरी,चैत १
जिल्ला विकास समिति महोत्तरीको १५ औं जिल्ला परिषद जलेश्वरमा सम्पन्न भएको छ । जिल्ला विकास समिति महोत्तरीका स्थानिय विकास अधिकारी टुबराज पोखरेलले जिल्ला परिषदमा १ अर्व ५९ करोड २० लाख २ हजार ८ सय ६६ रुपैंयाको वजेट प्रस्तुत गर्नु भएको छ । आर्थिक वर्ष २०६९/७० को चालु तर्फ ६२ करोड ५८ लाख १८ हजार २ सय ४० र पुँजीगत तर्फ ९३ करोड ९३ लाख १५ हजार ४ सय २० रुपैंया गरि कुल १ अर्व ५९ करोड २० लाख २ हजार ८ सय ६६ रुपैंयाको वजेट पोखरेलले प्रस्तुत गर्नु भएको थियो ।
परिषदको उदघाटन सत्रमा एमाओवादीका पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्रि गिरिराज मणि पोखरेलले गर्नु भएको थियो । स्थानिय विकास अधिकारी टुबराज पोखरेलको सभापतित्वमा सम्पन्न सो जिल्ला परिषदको अवसरमा सभासद गणेश नेपाली तिवारीले समेत मन्तव्य राख्नुभएको थियो । जिल्ला परिषदको क्रममा आसन ग्रहन नगराएको भन्दै गाविस सचिवहरुले कार्यक्रम वहिस्कार गरे पछि केहि वेर परिषद अवरुद्ध भएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !