आईपिएलमा आज पनि दुई खेल
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_4165.html
काठमाण्डौ वैशाख १० ।
इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज पनि दुई वटा खेल हँुदैछ । अपरान्ह सवा चार बजेपछि हुने पहिलो खेलमा मुम्वई इन्डियन्स र किग्स इलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ । ५ खेल खेलेको मुम्वई ६ अंकका साथ अंक तालिकामा छँैठौ स्थानमा छ भने ६ खेल खेलेको पञ्जाव ४ अंकका साथ आँठौ स्थानमा छ ।
यस्तै राती सवा आठ बजेपछि हुने दोस्रो खेलमा एक खेल पनि नजितेको डेकन चाजर्सले ५ खेलमा ६ अंक बटुल्दै पाँचौ स्थानमा रहेको कोलकत्ता नाईट राईडर्सको सामना गर्नेछ । आजको खेल जित्दै डेकन चाजर्स अंक तालिकामा खाता खोल्ने मनस्थितीमा रहेनछ । यस अघि गएराति अवेर सकिएको खेलमा पुने वारियर्सले दिल्ली डेयर डेविल्सलाई २० रनले पराजीत गरेको छ । खेलमा पराजीत भएपछि दिल्ली अंक तालिकाको शीर्ष स्थानमै रहेको छ ।
Sindhulidarpan.com.np.png)


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !