"डान्स इन्डिया डान्स"मा प्रदिप गुरुङ दोश्रो

काठमाडौँ, वैशाख १० 
भारतको जीटिभीमा प्रसारण भइरहेको "डान्स इन्डिया डान्स" रियालिटी सोमा नेपाली मूलका प्रदीप गुरुङ ३४ लाख ९४ हजार ३६१ भोटसहित दर्शकको मतको आधारमा दोस्रो भएका छन्। गएराति सम्पन्न ग्रान्ड फिनालेमा रजस्मिता करले ४५ लाख ८९ हजार ३ सय मतसहित पहिलो स्थान जितिन्।

यस्तै तेश्रो,चौंथो र पाँचौमा क्रमश : राघव जुयल (३४ लाख ८१ हजार ६८५),सनम जोहर (१५ लाख ७७ हजार ५११),मोहेना सिंह (८  लाख ५१ हजार ३३५) भएका थिए।


१८ प्रतिस्पर्धीहरुका साथ १७ हप्तासम्म चलेको रियालिटी सोको ग्रान्ड फिनालेमा पाँच जना भिडेका थिए। भोटका लागि इन्टरनेट र मिस कलको प्रयोग गरिएको थियो।

दोश्रोस्थान प्राप्त गर्ने गुरुङलाइ देश तथा विदेशमा बस्ने नेपालीहरुले पनि प्रशस्त मात्रामा भोट गरेका थिए।

Related

मनोरञ्जन 7665133609022718660

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item