कटारीमा सामाजिक सद्भाव अभिवृद्धि समारोह
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_388.html
हिरा अधिकारी दनुवार
कटारी वैशाख १० ।
कटारी विद्यार्थी समाजको आयोजनामा शनिवार समाजिक सद्भाव अभिवृद्धि समारोह कार्यक्रम सम्पन्न भएको छ । समाजिक सद्भाव कायम गर्ने उदेश्यले श्री त्रिवेणी उच्च माध्यमीक विद्यालयमा प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमा समाजले श्री महेन्द्र माध्यमीक विद्यालय सिर्वानी बाराहालाई १ लाख ५० हजार र श्री निम्न माध्यमीक विद्यालय वरभञ्जयाङ्ग —३ बाँस्बोटेलाई १लाख ५० हजार नगद प्रदान गरिएको छ भने कटारीमा गाविसमा रहेको श्री सरस्वती माध्यमीक विद्यालय हडैया र देवी माध्यामीक विद्यालय भुल्केलाई एकएक थान कम्प्युटर दिने प्रतिवद्धता जनाउनु भएको छ । यसैगरी कटारी—२ मा रहेको रवी किरण महिला समूहलाई पनि ३० हजार प्रदान गरिएको छ ।
सद्भाव कायम गर्ने उदेश्यले कार्यक्रमा विभिन्न समुदायबाट प्रमुख अतिथि लगायत विशेष अतिथिमा निमन्त्रण गरिएको छ । जस अन्तर्गत प्रमुख अतिथी आदिवासी दनुवार समुदायबाट राशलाल अधिकारी दनुवार , विशेष अतिथि रुद्ध बहादुर थापा,राम श्रेष्ठ,काली प्रसाद दाहाल, रत्न बहादुर तामाङ्ग, मुक्तार खाँ , दक्ष कुमारी थापा,विन्देश्वर साह,पुश बहादुर माझी,रामजीत राई,महेन्द्रमान सुनुवार लगाएको रहनु भएको छ ।
कार्यक्रम कटारी विद्यालयका पूर्व विद्यार्थीहरुको तथा शिक्षाप्रमीहरुको उपश्थिती रहेकोे कटारी विद्यार्थी समाज शाखा कार्यालय कटारीका अध्यक्ष राजकुमार थापाले बताएउनुभयो । साथै कार्यक्रम कटारी विद्यार्थी समाजका काठमाण्ठौका अध्यक्ष शम्भु थापा लगायत शिक्षाप्रमीको उपश्थिती रहने रहेको छ । समारोहमा साँस्कृती कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !