प्रमुख तीन दल र मोर्चाको बैठक स्थगित


काठमाण्डौ,वैशाख १० । 

संविधानका विवादित विषयमा सहमति गर्ने प्रयासमा आज विहान बसेको प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक स्थगित भएको छ । संविधानसभा भवन नयाँवानेश्वरमा विहान करिब २ घण्टा भावी संविधानका विवादमा सहमति गर्नेबारे छलफल भए पनि कुनै सहमति नभएको सूचना तथा सन्चारमन्त्री समेत रहनु भएका फोरम गणतान्त्रिक कार्यबाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो एक बजे फेरि बैठक बस्नेछ । 

बिहान प्रमुख दलका शीर्ष नेता तथा मोर्चाका संयोजकबीच अनि अन्य सहयोगी नेतासहित छुट्टाछुट्टै छलफल भएको थियो । बिहानको बैठकमा हिजोको छलफलको समीक्षा गरिएको नेताहरुले बताएका छन् । प्रमुख तीन दल– एकीकृत माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमाले तथा संयुक्त लोकतानित्रक मधेसी मोर्चाका नेताहरुबीच हिजो भएको छलफल विनानिष्कर्ष टुङ्गिएपछि आज फेरि सहमति गर्न बैठक बसेको थियो । हिजोको बैठकमा नागरिकता र न्यायपालिकाको बिषयमा छलफल भए पनि दलहरुको आआफ्नै अडानका कारण कुनै सहमति हुन सकेको थिएन ।

Related

विविध 4581791768344123398

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item