अपहरण पछि किसानको हत्या


जनकपुर, वैशाख १० । 
अज्ञात समूहले महोत्तरीको सुन्दरपुरबाट नौं दिन अघि अपहरित एक किसानलाई आज गोली हानी हत्या गरेको छ । सुन्दरपुर–२ का सत्ताइस वर्षीय किसान संजय साहलाई अज्ञात समूहले भारत विहारको सीतामढी जिल्ला वेला थाना अन्तर्गत पर्ने भगवतीपुरमा छातिमा गोली हानी हत्या गरेको कुरा इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरक्षीक जयनारायण यादवले वताए । 

महोत्तरीको रघुनाथपुरस्थित नेपाल सीमाको दशगजा क्षेत्र भन्दा १ सय मिटर दक्षिणमा रहेको धिरज पटेलको गहुँ खेतमा हत्या गरिएको अवस्थामा साहको शव फेला परेको प्रहरीले जनाएको छ । 

पाच÷छ जनाको संख्यामा आएका हतियारधारी समूहले वैशाख एक गते राति सुन्दरपुर–१ स्थित खेतमा थ्रेसरमा गहँु कुटोर घर फर्किदै गरेका किसान साहलाई बाटो बाटै अपहरण गरि लगेका थिए । उनी संगै रहेका अन्य दुई जनालाई सोहि दिन सुन्दरपुर–२ मा रहेको एउटा रुखमा हातखुट्टा बाँधी अपहरणकारीहरुले छाडेका थिए । हत्या कस्ले र किन गरेको वारे खुल्न सकेको छैन । फिरौतीका कारण अपहरितको हत्या गरिएको हुन सक्ने प्रहरीको प्राराम्भीक अनुमान रहेको छ ।

Related

विविध 3834161659508920822

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item