‘साहित्यकारहरु लोकतन्त्र सिकाउने विश्व विद्यालय हुन्’
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_571.html
काठमाडौं, वैशाख १० ।
कांग्रेस सभापति सुशील कोइरालाले देशको हरेक परिवर्तनमा लेखक, साहित्यकारहरुले खेलेको भूमिकाको स्मरण गर्दै आफू अभिव्यक्ती स्वतन्त्रताको पक्षमा सधै संघर्षरत रहने बताएका छन् । नेपाली लेखक संघको पाँचौ माहाधिवेशनको राजधानीमा उद्घाटन गर्दै कोइरालाले परिवर्तनको क्षणमा भूमिका खेल्ने लेखक साहित्यकारहरुलाई समाजमा लोकतान्त्रिक संस्कृति स्थापित गर्नका लागि पनि भूमिका खेल्न आग्रह गर्नुभयो । ‘लेखक साहित्यकारहरु आफैमा विश्व विद्यालय हुन्’ कोइरालाले भन्नुभयो ‘समाजलाई लोकतन्त्र, मानव अधिकार, बिधिको शासन, प्रेस स्वतन्त्रता जस्ता बिषयमा जानकार बनाउन सक्छन् ।’
सभापति कोइरालाले लेखक साहित्यकारहरुको सबै भन्दा प्रिय कुरा अभिव्यक्ती स्वतन्त्रता रहेको समेत उल्लेख गरेका छन् । मान्छेको मनको स्वतन्त्रतालाई कसैले पनि बन्देज लगाउन नसक्ने भन्दै उनले लेखक साहित्यकारहरुलाई मनको अभिव्यक्ती प्रकट गर्नका लागि आह्वान गरेका छन् । कोइरालाले लेखक, साहित्यकार, कलाकारहरुले परिकल्पना गरेको जस्तो सम्बृद्ध नेपाल निर्माणको ढोका खोल्नका लागि अहिले लोकतान्त्रिक संबिधान निर्माणका लागि आफू अत्यन्त गम्भीर रहेको बताउनुभयो । लोकतन्त्रसंग कुनै पनि हालतमा सम्झौता नगरिकन संबिधान निर्माण हुने कुरामा कोइरालाले सबैलाई आश्वस्त हुन आग्रह गरेका छन् । कांग्रेस सभासद तथा साहित्यकार बलदेब शर्मा मजगैंयाले लोकतन्त्रका पक्षमा लेखक साहित्यकारहरु एकताबद्ध भई लड्दै आएको स्मरण गर्नुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !