सडक अतिक्रमण गरेर बनाइएको घर तथा टहरा हटाइयो
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_6409.html
सुरेश बिडारी,
सर्लाही,वैशाख १० ।
सर्लाही इश्वरपुरवासीले गाउँमा बाटो अतिक्रमण गरेर बनाइएको घर तथा टहरा हटाएर बाटो फराकिलो बनाएका छन् । गाउँ सरसफाइ अभियान अन्तर्गत इश्वरपुर गाविसको ६ र ७ वडाको झण्डै डेढ किलोमिटर बाटो सरसफाई तथा फराकिलो बनाइएको स्थानिय जनक रायले जानकारी दिनुभयो । बाटो फराकिलो बनाउने क्रममा २ वटा घर र १२ वटा भन्दा बढि टहरा भत्काइएको रायले बताउनुभयो ।
बाटो सरसफाई तथा फराकिलो बनाउन थारु कल्याणकारी समाजका केन्द्रिय सदस्य जोगनारायण चौधरीको अध्यक्षतामा कमिटी गठन गरी काम गरीएको छ । यसैबीच इश्वरपुर १ का डाँडाटोल स्थानीय बासिन्दाहरुले फुलजोर बाट बयलवास सडक खण्ड अवरुद्ध पारेका छन् । सडकमा अत्याधिक धुलो उडेको भएपनि सम्बन्धित निकायले वेवास्ता गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् । सडक खण्ड अवरुद्ध गरेर पत्रकार, प्रहरी, कसैलाई पनि आउन जान नदिइएको स्थानीय बासिन्दाहरुले बताएका छन् । उनीहरुले बिहान १० बजेदेखि सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !