संविधानमा उत्पीडित वर्गको पहिचान हुन्छ :प्रधानमन्त्री
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_3044.html
काठमाण्डौ,वैशाख १० ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शेर्पासहित शोषित उत्पीडित वर्गको पहिचान प्रतिविम्बित हुने गरी संविधान लेखिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ्ल्हामु शेर्पाको १९औँ स्मृति दिवसमा पासाङ्ल्हामु पर्वतारोहण प्रतिष्ठानले आज काठमाण्डूमा गरेको स्मृतिसभामा उहाँले सबै जातजातिको प्रतिनिधित्व हुनेगरी समावेशी संविधान बनाइने बताउनुभयो ।
पासाङल्हामुले विश्वको सर्वोच्च शिखर चुमेर नेपाल र नेपालीकोे प्रतिष्ठा एवम् गरिमा बढाएको चर्चा गर्दै प्रधानमन्त्री डा भट्टराईले अद्वितीय साहसकी धनी शेर्पाको योगदानलाई चिरस्मरणीय बनाउन प्रतिष्ठानले सञ्चालन गर्ने हरेक गतिविधिमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष कृपासुर शेर्पा, प्रतिष्ठानका संस्थापक अध्यक्ष दमननाथ ढुङ्गानालगायतले पर्वतारोही शेर्पा नेपाली मात्र नभई विश्वका सबै महिलाका लागि ऊर्जा र प्रेरणाका स्रोत भएको बताउनुभयो । सगरमाथाको सफल आरोहण गरेर आधार शिविर फर्कने क्रममा २०५० साल वैशाख १० गते हिमपहिरोमा परेर पासाङ्ल्हामुको निधन भएको थियो ।
.jpg)


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !