तराइमा बहुप्रदेश बनाउन तयारः गच्छेदार
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_5381.html
काठमाण्डौ,वैशाख १० ।
उपप्रधानमन्त्री एवं मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले तराइमा बहुप्रदेशको मागमा आफूहरुको आपत्ति नभएको बताउनु भएको छ । शीर्ष दलको बैठकपछि पत्रकाहरुसंग कुरा गर्दै गच्छेदारले तराइमा बहुप्रदेश बनाउने मागमा आफ्नो समर्थन रहेको बताउनु भएको हो ।
थारु संघर्ष समितिको हिजो सम्पन्न बैठकले तराइमा तीन क्षेत्रलाइ आधार मानेर बहुप्रदेश बनाउनु पर्ने निष्कर्ष निकालेको थियो । गच्छेदारले विभिन्न जनजाति समूहले उठाएका मागमा मधेशी मोर्चाको समर्थन रहेको उल्लेख गर्नुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !