स्थानीयावीद्धारा सवारी साधन संञ्चालनमा रोक
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_2616.html
हिरालाल दनुवार,
कटारी,वैशाख १० ।
साउने र खाँबु गाविसका स्थानिय बासिहरुले साउने ,खाँबु, रौता सल्ले सम्म संचालन हुने यात्रुबाहक बसले अपहेलना गरेको भन्दै त्यस ठाउँमा सँचालन हुने सवै यात्रुबाहक बसहरु आज देखि बन्द गराएका छन् । उदयपुरको सदरमुकाम गाईघाटदेखि उत्त ठाउँसम्म संञ्चालन हुने सबै यात्रु बाहक बसले अपहेलना गरेको भन्दै आजदेख बन्द गराएका हुन् ।
साउने,खाँबुका स्थानियबासिहलाई बसमा रहेको सिटमा बस्न नदिई झुण्डिएर यात्रा गर्नुका साथै हुटमा जोखिम पुर्ण यात्रा गर्न बाध्य गराएपछि लामो तथा छोटो दुरीका सवै यात्रुहरुलाई समान रुपमा लिई बसको सिटमा सबैले बस्न पाउने अधिकार दिलाउनु पर्ने माग राख्दै त्यस तर्फ सँचालन हुनै सवै यात्रुबाहक बस सँचालनमा रोक लागाएको साउनेका स्थानिय बेदबहादुर राईले वताउनु भयो ।
वहाँका अनुसार यसरी यात्रुहरुलाई अपहेलना गरेपछि हिमाली व्यवसायिक संघलाई पनि जानकारी गराई निवेदन दिएको तर हिमाली व्यबसायि संघले आफ्नो मागहरु वेवास्ता गरेको स्थानिय बासिहरुले बताएका छन् ।
बन्दमा समर्थनमा साउने चौर, खाँबु रानीवास , बाङ्गे डहर खोटाङ् फाक्टाङ, सुन्तले ,सिम्पानी, बारापोखरी , धुर्तुङ् लगायत खोटाङ्का १७ वडाले पनि एक्वद्धता जनाएको छ ।
गाईघाट, साउने , खाँबु हुदै रौता सल्ले सम्म सँचालन हुने बस संञ्चाल हुन नदिएपछि साउने, खाँबु , आपटार , खोटाङ्का यात्रुहरु समस्यामा परेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !