जिल्ला सहकारी संघको १८ औँ साधारण सभा सुरु
http://sindhulidarpan.blogspot.com/2012/04/sindhuli-news_22.html
शिव काफ्ले,
सिन्धुली, बैशाख १० ।
सिन्धुली, बैशाख १० ।
जिल्ला सहकारी संघ सिन्धुलीको १८ औँ साधारण सभा उद्घाटन गरिएको छ । सिन्धुलीको बागवानी केन्द्रमा आईतबार एक कार्यक्रमकाबीच साधारण सभाको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मौरीपालन सहकारी संघका केन्द्रीय अध्यक्ष तथा सहकारी बोर्डका संयोजक गणेश बस्नेतले सहकारीको क्षेत्रबाट आफूहरुले विभिन्न स्थानमा पहिचान दिन सकेको जानकारी दिनुभयो । उनले सहकारीको माध्यमबाट देशलाई संचालन गर्नुपर्ने धारणा राखे । ‘सहकारी अभियानमा लागेर यहाँसम्म आईपुग्दा मैले दुई कट्ठा खेत बेचेको छु तर मलाई गर्व लाग्छ, आज म यो अवस्था सम्म आईपुगेको छु ।’ उहाँले भन्नुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै सिद्धि गणेश सहकारी संस्था लि. का प्रतिनिधि राजकुमार श्रेष्ठले उद्योग वाणिज्य संघको प्रतिनिधि कार्यक्रममा उपस्थित नभएको बारे टिप्पणी गर्नुभएको थियो । उहाँले सहकारीको माध्यमबाट नै सवै क्षेत्रलाई समेट्न सकिने तथा विकास निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जुनार उत्पादन जिल्ला सहकारी संघका अध्यक्ष निर्मल रम्तेल, दुग्ध उत्पादन जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद देवकोटा, राष्ट्रिय सहकारी बैंक समन्वय समिति सिन्धुलीका संयोजक नवराज कोईराला, शिद्धवावा संचार सहकारीका अध्यक्ष टीकाजङ्ग थापा, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष टोमप्रसाद काफ्ले लगाएतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ, सिन्धुलीका अध्यक्ष कृष्णराज के.सी.ले आय व्ययको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन जिल्ला सहकारी संघ सिन्धुलीका सचिव कृष्णप्रसाद गौतमले गर्नुभएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !