शाकिरा नेपाल आउदै


काठमाडौँ,वैशाख १० ।

चर्चित गायिका शाकिरा नेपाल आउँदैछिन् अर्थात् अब नेपालीहरूले शाकिरालाई प्रत्यक्ष सुन्न र हेर्न पाउने साप्ताहिकले लेखको छ । विश्व चर्चित कोलम्बियन पप गायिका शाकिरा नेभेदालाई काठमाडौंमा भेट्न केही महिना भने कुर्नैपर्नेछ। योजनाअनुसार काम भए शाकिराले आउँदो असोज ७ गते टुंडिखेलमा भेला हुने नेपालीलाई फ्यानहरूलाई नचाउनेछिन्।

उनको एसिया भ्रमणको अवसर छोपेर आयोजक ओडिसी इन्टरटेन्मेन्टले शाकिरालाई नेपाल ल्याउन लागेको हो। नेपालमा शाकिरालाई ल्याउने प्रारम्भिक कार्य सम्पन्न भएकाले उनको फ्यान क्लब पनि खोलिएको ओडिसी इन्टरटेन्मेन्टका कार्यकारी निर्देशक सिमान्त गुरुङले लाई बताए। ‘नेपालमा शाकिरा आउने निश्चित भएको छ,’ गुरुङले भने- ‘उनीसँग भेट्न हाम्रो टोली वैशाखको तेस्रो साता -१९ गते) अमेरिका जाँदैछ।’ भनिन्छ, त्यही भ्रमणका क्रममा शाकिरासँग काठमाडौं कन्सर्टका सम्बन्धमा अन्तिम हस्ताक्षर हुनेछ।

यसअघि क्यानेडियन गायक ब्रायन एडम्स र डेनिस ब्यान्ड एमएलटीआरलाई नेपालमा ल्याएर कार्यक्रम गर्न सफल ओडिसी नेटवर्क तथा जेपिआरसँग सम्बद्ध सीमान्त गुरुङले खोलेको संस्था ओडिसी इन्टरटेन्टमेन्टले शाकिरालाई नेपाल ल्याउन लागेको हो। 

Related

मनोरञ्जन 2565339542921466973

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item