पत्नी र छोरी मार्न खोज्ने पक्राउ

काभ्रे, वैशाख  १० । 


काभ्रे जिल्लामा आफ्नै पत्नी र छोरीलाई काटेर घरमा आगो लगाउन खोज्ने ब्यक्तिलाई गाउँलेको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । 
काभ्रेको रयाले गाविस २ का ५० वार्षीय केदारप्रसाद सापकोटाले घरमा सुतिरहेकी आफ्नी पत्नी ३७ वार्षीय कान्छी सापकोटा र पाँच वार्षीय छोरी आरती सापकोटालाई धारिलो हतियारले आक्रमण गरेका थिए । आज विहान ३ बजेको समयमा पती काट्न आएपछि कान्छी गुहार लगाउँदै घरबाट बाहिरिएर आफ्नो र छोरीको ज्यान बचाउन सफल भएकी थिइन् ।

‘सधै झै उनी रक्सि खाएर विहान ढोका खोल भन्दै घरमा आए, ढोका खोलेको मात्रै के थिए चुल्होमा भएको चुप्पी निकालेर एक्कासी मेरो टाउकोमा प्रहार गरे, मैले गुहार भन्दै थिएँ सुतिरहेकी छोरीलाई ढाडमा चुप्पी हाने, छोरी तान्न जाँदा बुइगलमा गएर परालमा आगो लगाए’, कान्छीले भनिन्–‘घरमा आगो लगाउन थालेपछि आफन्तको शरणका लागि गुहार माग्दै गर्दा हामीलाई ढोका थुनेर कुटे ।’

केदारले लगाएको आगोले पराल र घरको आधा भाग जलेको स्थानीय भीमसेन सापकोटाले जानकारी दिए । केहि वर्ष अघि उनको दुर्घटनामा टाउको ठोक्किएर मानसिक सन्तुलन केहि ठीक नभएपनि यतिखेर उनी स्वस्थ नै रहेको स्थानीयले वताएका छन् । 

प्रहरी चौकीमा रहेका केदारले दशा लागेर घरमा आगो लगाएको प्रतिक्रिया दिए । ‘ढोका थुनेर श्रीमती, छोरी र आफु पनि सँगै जल्ने योजना थियो’– केदारले भने । स्थानीयहरु समयमै नपुगेको भए केदारले परिवारका सबै सदस्यलाई जलाउने योजना बनाएका थिए ।

Related

विविध 7847721315119700907

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item