काठमाडौं, वैशाख १० ।
एकीकृत माओवादी अध्यक्ष तथा बिवाद समाधान उपसमिति संयोजक पुष्पकमल दाहालले नयाँ संविधानका बिवादित बिषयमा राजनीतिक सहमति खोज्ने प्रयास भईरहेको भन्दै उतारचढाब हुनु स्वभाविक रहेको वताउनुभएको छ । संवैधानिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष दाहालले बिवादित बिषयमा सहमतिका क्रममा उतारचढाब हुनु सामान्य प्रक्रिया रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘चार राजनीतिक पक्षबीच छलफल चलिरहेको छ, यस क्रममा उतारचढाब देखिनु स्वभाविक हो ।’ बैठक पछि जारी बिज्ञप्ती अनुसार, दाहालले भनेका छन्, ‘चार राजनीतिक पक्षबीच संविधानका आधारभुत बिषयमा सहमति कायम गरि अन्य राजनीतिक पक्षसँग पनि परामर्श गर्नुपर्ने छ ।’ राजनीतिक नेतृत्वबीच सहमतिका लागि प्रयास जारी रहेको भन्दै दाहालले सोमबार एक बजेसम्म समय केही निकास आउन सक्ने बैठकलाई जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !