शव नभेटे पछि काजक्रिया शुरु



चरिकोट, असोज ६ ।

ऋषि पञ्चमीका अवसरमा दोलखाको चर्णावती खोलामा नुहाउन गएकी एक किशोरीको शव नभेटिए पछि आफन्तले हिन्दु परम्परा अनुसार काजक्रिया शुरु गरेका छन् ।

चरङ्घे र तामाकोसीको विचमा रहेको दोभानमा परिवार सहित नुहाउन गएकी दोलखा भीमेश्वर नगरपालिका–६, धरमघर निवासी १६ वर्षीय तारादेवी कार्की विहीवार खोलाले वगाएर वेपत्ता भएकी थिइन ।

वेपत्ता कार्कीको शव शुक्रवारसम्म नभेटे पछि काजक्रिया गरेको सहदेव कार्कीले जानकारी दिए । वेपत्ता भएकी तारा वुडाभीम्सेन माविमा कक्षा १० मा अध्यनरत थिइन ।

Related

विविध 5195038832397737273

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item