कारागारबाट फरार सैनिक पक्राउ



काठमाडौं,  असोज ६ । 

काठमाडौंस्थित केन्द्रीय कारागारको थुनाबाट फरार नेपाली सेनाका पूर्व अमलदार गंगाहरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली जिल्ला रानीबास–२ का स्थायी बासिन्दा २९ वर्षीय न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई सुन्धारास्थित चितवन गेष्ट हाउसमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।


नेपाली सेनाको समरी जनरल सैनिक अदालतबाट सैनिक अनुशासन तथा आचरण बिपरितको कसुरमा दोषी ठहर भई सजाय भोगी रहेका न्यौपानेले किर्ते कागज पेस गरेर फरार भएका थिए ।


सैनिक ऐन २०६३ बमोजिम गत जेठ–११ गतेबाट गणना हुने गरी ३ वर्षको कैद सजाय पाएका न्यौपानेले किर्ते गरेको प्रहरी भनाई छ । उनलाई पुनः केन्द्रीय कारागारमा थुनामा राखिएको छ ।

Related

स्थानिय 532798258391976878

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item