हरिवनका ५ वटा औषधी पसल बन्द



सुरेश बिडारी,सलार्ही ,असोज ६ ।

बजार अनुगमन टोलीले सर्लाहीको हरिवन बजार अनुगमनका क्रममा ५ वटा औषधी पसल बन्द गराएको छ । औषधी विभागको प्रभाणपत्र र तालिम पत्र चिकित्सक नभएका औषधी पसल बन्द गरिएको हो । टोलीले कृष्ण उपचार सेवा, अन्जली डेन्टल क्लिनिक, कार्की मेडिकल हल, अनमोल आर्युवेदिक र एभरेष्ट मेडिकल हल बन्द गराइएको हो । 

त्यस्तै किराना पसलहरुबाट म्याद नाघेका खाद्य सामाग्री, नापतौल विभागको प्रमाणपत्र नभएको ढकहरु समेत बरामद गरिएको अनुगमन टोलीले जनाएको छ । सर्लाहीमा केहिदिन देखि इलाका प्रशासन कार्यलय हरिवनको नेतृत्वमा उपभोक्ता हकहीत सञ्जाल, नेपल प्रहरी, सशस्त्र     प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनीधि, सञ्चारकर्मी लगायतको संयुक्त टोलीले बजारको अनुगमन गर्दै आएको छ ।

Related

विविध 7452047132012863292

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item