अखिल (क्रान्तिकारी) मा 'मनु'
http://sindhulidarpan.blogspot.com/2012/09/sindhuli_23.html
पोष्टराज पहाडी,सिन्धुली,असोज ७ ।
नेकपा–माओवादी निकट अखिल (क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा मन कुमारी आछामी ‘मनु’ चयन भएकी छन् । शनिबार सम्पन्न १९ औ जिल्ला सम्मेलनले मनुलाई अध्यक्षमा चयन गरेको अखिल (क्रान्तिकारी) सिन्धुलीले जनाएको छ । साथै सो सम्मेलनले ३९ सदस्यीय नयाँ कार्यसमीती चयन गरेको छ । गठीत नयाँ कार्यसमतीको उपाध्यक्षमाद्धय बरुण आले र नविन खड्का चयन भएका छन् ।
यसैगरि सचिवमा श्री कृष्ण सुवेदी, सह–सचिवमा दानव विक र संन्जिव मल्ल, कोषाध्यक्षमा दिपक धमला चयन भएका छन् । कार्यसमीतीको अन्य सदस्यहरुमा श्री चन्द्र कार्की, सुरेश कोइराला, लवकुश कटवाल, अनिता पन्त, नारायण थापा, विजय राना लगायत रहेको नवगठित समितीका अध्यक्ष मनकुमारी आछामीले बताइन् ।
‘राष्ट्रियता आत्मसमर्पणवाद, नवसंसोधनवाद विरुद्ध विद्यार्थी आन्दोलन, समान र सर्वसुलभ शिक्षा प्राप्तिका लागि १९ औ जिल्ला सम्मेलन’ भन्ने नारा रहेको सो सम्मेलनको शुक्रबार नेकपा–माओवादीका केन्द्रिय उपाध्यक्ष सिपी गजुरेल ‘गौरव’ले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा जिल्ला भरका करिब १०० जनाको सहभागीता रहेको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !