खानेपानी सिन्धुलीले ग¥यो अनियमितता
http://sindhulidarpan.blogspot.com/2012/09/sindhuli_1593.html
पोष्टराज पहाडी,सिन्धुली,असोज ७ ।
शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, सिन्धुलीमा भएको अनियमिताको छानविन गर्न गठीत छानविन समितीले शनिबार आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।
समितीले संस्थाको चौथो साधरण सभाको चौथो दिन शनिबार उपभोक्ताहरु सामु आफ्नो प्रतिवेदन सर्वजनिक गरेको हो । सो प्रतिवेदन अनुसार छानविन समितीले आर्थीक लगायत जिन्सी सामानहरुमा समेत कार्य समितीका पदाधीकारीहरुबाट अनियमिता भएको देखाएको छ । छानविन समितीले आर्थीक वर्ष २०६६/०६७ को नगद मौज्दात ६ हजार २ सय ९२ रुपैया ६४ पैसा, ०६७/६८ को ५ हजार ५ सय ९० रुपैया सह लेखापाल बल बहादुर श्रेष्ठको जिम्मामा रहेको र हाल सम्म जम्मा नभएको देखाएको छ । यसैगरि आर्थीक वर्ष २०६६/६७ देखी २०६८/०६९ को लेखा परिक्षण प्रतिवेदनका आधारम बेरुजु देखीएको रकमहरु पनि हालसम्म सम्बन्धित व्यक्तिबाट असुल नगरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै प्रतिवेदनले औषधी उपचारका लागि भन्दै अध्यक्ष डम्बर बहादुर खड्काले लगेको २५ हजार तथा कर्मचारीको पारिश्रमीक कर ९ हजार ६७५ पनी संस्थाको नाममा नरहेको पाइएको जनाइएको छ ।
यसैगरि सार्वजनिक प्रतिवेदन अनुसार नगदी रसिदको प्रयोग एक व्यक्तिलेमात्र नगरेको तथा रसिद नम्बर सिलसिलेवार रुपमा जिन्सी आम्दानी नभएको पाइएको छ । यस्तै केहि नगदी रसिदमा गरि करिब ११ हजार ६ सय ४० रुपैया बैकमा दाखीला नभएको र सह लेखापाल श्रेष्ठले जम्मा गर्नुपर्ने जनाएको छ ।
यसैगरि विभिन्न शिर्षकबापत खर्चभएको करिब ७ लाख ८८ हजार २५३ रुपैयाको विल तथा भर्पाई नभएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै पाइप लिलामका क्रममा आर्थीक वर्ष ०६७/०६८ मा ५० लाख ८४ हजार र आर्थीक वर्ष ६८/०६९ मा ९६ हजार आम्दानीमा बाँधीएको भए पनि पाइपको परिमाणका बारेमा उल्लेख नभएको प्रतिवेदनले देखाएको छ ।
यसैगरि संस्थाले प्रत्येक घर तथा संघ संस्थाहरुलाई एक घर एक धारा वितरण गर्नुपर्नेमा जिल्ला प्रहरी कार्यालयमा ६ वटा, ९ नंम्बर बाहिनीमा ४ वटा, एक होटल तथा एक घरमा ३/३ वटा सम्म वितरण गरेको पाइएको प्रतिवेदनमा जनाइएको छ । यस्तै १६ सय ८५ वटा मिटर मध्ये १५ सय ८९ वटा खर्च भई बाँकी रहेका ९६ वटा मिटरको संस्थामा जिन्सी आम्दानी मौज्दातमा नरहेको पाइएको प्रतिवेदनले देखाएको छ । यसैगरि संस्थाले विभिन्न आर्थिक वर्षमा जिन्सी समानहरु खरीद गर्दा, प्रक्रिया पुरा गरी खरीद, आदेश दाखीला रिर्पोट माग अनुसार आम्दानी खर्चमा नरहेको पाइएको उल्लेख छ । साथै ०६६/५/२१ मा साना शहरी खोपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालयबाट अध्यक्ष डम्बर बहादुर खड्काले बुझीलिएको समानहरु मध्ये १ लाख ३४ हजार ९०८ रपैया बराबरको समान संस्थामा नरहेको पाइएको भन्दै छानविन समितीले अध्यक्ष खड्काले तिर्नुपर्ने बताएको छ । यस्तै गरि संस्थाको योजना निर्माण भई यतिका वर्ष वितिसक्दा समेत आधीकारीक रुपमा योजना कार्य सम्पन्न प्रदिवेदन पेश नभएको पाइएको प्रतिवेदनमा जनाइएको छ । यस्तैगरि छानविन समितीले स्थलगत अनुगमनका क्रममा कात्तिके पानी ट्याङकी तथा दमारे पानीट्याङकीमा पानी चुहिने, मुहानबाट आएको पानीको फोर्स स्टमेट अनुसार नझरेको तथा नालाहरु नगाडेको पाईएको प्रतिवेदनमा उल्लेख छ ।
चौथो साधरण सभाको चौथो दिनमा उपस्थित उपभोक्ताहरुले सार्वजनिक प्रतिवेदनका आधारमा कार्यसमितीका सदस्यहरुले अनियमिता गरेको पाइएको भन्दै खेद प्रस्ताव पारित गरेको छ । साथै छानविन समितीको प्रतिवेदन पारित गर्दै नयाँ कार्यसमिती चयनका लागि आइतबारबाट नै चुनावी प्रक्रियामा जाने निर्णय भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !