महिला हिंसा विरुद्धको अभियान शुरु हुँदै



काठमाण्डौ,असोज ७ । 

‘भो, अब अति भयो ! महिलामाथि हुने हिंसा अब बन्द गरौँ !’ भन्ने नाराका साथ आज महिला हिंसा विरुद्धको अभियानको औपचारिक शुरुवात गरिंदैछ । ‘उर्लंदो सय करोड’ नाम दिइएको विश्वव्यापी अभियान नेपालमा पनि आजदेखि शुरु गरिन लागेको हो । अभियानको आज ललितपुरको स्टाफ कलेजमा दिउँसो विशेष कार्यक्रमसहित औपचारिक शुरुवात गरिने भएको छ । विश्वका सय करोड महिला महिला हिंसाका शिकार बन्नु परेको भन्दै यो अभियान शुरु गरिन लागेको हो । 

आज विश्वका १६० देशमा एकैपटक कार्यक्रमको औपचारिक शुरुवात गरिने अभियानका दक्षिण एसियाली संयोजक एवं भारतीय महिला अधिकारकर्मी कमला भसिनले बताउनुभयो । अभियानअन्तर्गत महिला अधिकार पक्षधरहरु फेबु्रअरी १४ मा सडकमा उत्रिने तय भइसकेको अभियानमै आवद्ध संस्था संचारिक समुहका अध्यक्ष निर्मला शर्माले सीआइएनलाई जानकारी दिनुभयो । नेपालमा राष्ट्रिय महिला आयोगसहित सबैजसो गैरसरकारी संस्थाहरु अभियानमा आवद्ध भएको पनि उहाँले जानकारी दिनुभयो ।

Related

राष्ट्रिय 1033659503576938694

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item