चार शक्तिको छलफल अनिश्चित



काठमाण्डौ,असोज ७ । 

संविधानसभाको ताजा चुनावमा जाने सहमतिसँगै निरन्तर छलफल गर्ने बताएका प्रमुख तीन दल र मधेसी मोर्चाको छलफल सुस्ताएको छ । आन्तरिक व्यवस्था देखाउँदै हिजो हुननसकेको छलफल आज पनि अनयौल रहेको छ । माओवादी प्रवक्ता अग्नी सोपकोटाले आज छलफल गर्ने सहमति भएको तर अहिले सम्म समय र ठाउँ तय नभएको जानकारी दिनुभयो ।

 नेपाली काङ्ग्रेसका नेता डाक्टर रामशरण महतले एकीकृत नेकपा माओवादीले छलफलका लागि पहल गर्नुपर्नेमा उसले नै चासो नदिएको आरोप लगाउनुभयो । उहाँले चार शक्तिको छलफलमा जान काङ्ग्रेस तयार भएको पनि उहाँले बताउनुभयो । दलहरुबीच चुनावमा जाने सहमति भएपनि त्यसअघि गर्नुपर्ने प्रक्रिया र नयाँ सरकारका विषयमा विवाद रहेको छ । 

Related

राष्ट्रिय 6825890145000446335

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item