सत्ता गठबन्धन दल चुनावी सभाको तयारीमा
http://sindhulidarpan.blogspot.com/2012/09/election_23.html
काठमाण्डौ,असोज ७ ।
सत्तारुढ घटकहरूको संयुक्त गठबन्धन सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले देशव्यापी गर्ने सभाका विषयमा थप छलफल गर्दैछ । असोज १७ गतेदेखि सुरु गर्ने सभाको तयारीका विषयमा छलफल गर्न आज सचिवालयको बैठक बस्ने प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।
सचिवालयले सभामा उठाउने एजेण्डा, बोल्ने वक्ताका विषयमा पनि छलफल गर्ने सिंहले जानकारी दिनुभयो । बैठक आज बस्ने हिजो नै सहमति गरेपनि समय भने अहिलेसम्म तय भएको छैन । हिजो बसेको बैठकले चुनावका लागि दबाब दिने उद्देश्यले देशका विभिन्न पाँच सहरहरूमा सभा गर्ने निर्णय गरेको थियो । ताजा चुनावमा जाने सहमति भइसकेकाले गठबन्धनले पाँच ठाउँमा गर्ने सभालाई चुनावी सभाका रुपमा लिएको पनि सिंहले बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !