पूर्व राजा आज स्याङ्जामा आउँदै, भ्रमणको बिरोधमा बन्द
http://sindhulidarpan.blogspot.com/2012/09/xking_23.html
स्याङ्जा,असोज ७ ।
गण्डकी र धौलागिरी भ्रमणमा निस्कनु भएका पूर्व राजा ज्ञानेन्द्र शाह आज स्याङ्जामा आउँदै हुनुहुन्छ । उहाँले आज स्याङ्जाको गुठिखोलामा रहेको धनुशेश्वर महादेवको दर्शन र आफ्ना शुभचिन्तकहरुसगँ भेटघाट गर्नुहुने जनाइएको छ ।
उहाँ बिहान ११ बजे आउने बताइएको छ तर पूर्व राजा ज्ञानेन्द्र शाह आउने भएपछि एकिकृत माओवादी निकट विभिन्न जनवर्गिय संगठनहरुले आज १२ बजेसम्म स्याङ्जा बन्द गरेका छन् । बन्दका कारण स्याङ्जाको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । सवारी साधन ठप्प रहेका छन् भने कलकारखाना, पसलहरु बन्द गरेका छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !