उदयपुरमा सार्वजनिक यातायातमा बम बिस्फोट गराउने प्रयास असफल




उदयपुर,असोज ७ । 

पुर्वी क्षेत्रमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएको संयुक्त जातिय मुक्ती मोर्चाले गएराती उदयपुरको सदरमुकाम गाईघाटमा एक सार्वजानिक यातायातमा शक्तिशाली पे्रसरकुकर बम विष्फोटन गराउन खोजे पनि असफल भएको छ । ना.२.ख.४००३ नम्बरको देउराली बसको टायरमा राखिएको प्रेसरकुकरबमलाई आगो सल्काएर बिष्फोट गराउने प्रयास गरे पनि बम नपड्किएको र कुनै ठूलो क्षति नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक नरेन्द्रप्रसाद उपे्रतीले बताउनुभयो ।

 मोर्चाले राती १ बजेको समयमा सार्बजानिक यातायातमा बम राखिएको स्थानीय सञ्चारकर्मीहरुलाई टेलीफोनमार्फत जानकारी गराएका थिए । बम राखेको हल्ला मच्चिनसाथ जिल्ला प्रहरी कार्यालयको गस्तिटोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा प्रहरीले बसमा भर्खरै सल्किदै गरेको आगोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा सलग्न रहेको आशंकामा एक युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

Related

विविध 8997697973879212224

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item