सर्लाहीका ३३४ सहकारी संस्था निष्कृय
http://sindhulidarpan.blogspot.com/2012/09/local_23.html
सुनिल ठाकुर,सर्लाही,असोज ७ ।
सर्लाहीमा संचालनमा रहेका ७४९ सहकारी मध्ये ३३४ सहकारी संस्था निष्कृष रहेको डिभिजन सहकारी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ । विभिन्न उद्देश्य बोकेर खोलिएको सहकारी मध्ये २ वर्षसम्म काम नगर्ने अथवा बन्द रहेका सहकारी संस्थालाई निष्कृयको सुचिमा राखिएको डिभिजन सहकारी कार्यालयका प्रमुख रामलक्षण राय यादवले जानकारी दिनुभयो ।
निष्कृय रहेका ३३४ मध्ये ३० वटालाई खारिजी गरिएको र केहीलाई खारिजी गर्ने पक्रृयामा राखिएको यादवले बताउनुभयो । यादवले यसै वर्ष निष्कृय रहेका १२ वटा सहकारीलाई खारेजी गरिएको जानकारी दिनुभयो । निष्कृयमा रहेका अधिकांश सहकारीहरु जिल्लाका दक्षिणी गाविसहरुमा खोलिएको सहकारी कार्यालयले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !