राजनीतिको नयाँ चक्र सुरुः दाहाल


बुटवल, भदौ ११ । 

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच अब राजनीतिको नयाँ चक्र सुरु गर्ने सहमति भएको बताएका छन् । सहमति जुटाउने जिम्मा पाएपछि आफूले कांग्रेस, एमालेका नेताहरुसँग गम्भीर छलफल सुरु गरेको उल्लेख गर्दै उनले परामर्शले अब केही दिनमै सहमति जुटने विश्वास व्यक्त गरे ।
बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा दाहालले दलहरुबीच नयाँ निर्वाचन वा संविधानसभा पुनःस्थापना मध्ये एक विषयमा सहमति जुट्ने दावी गरे । 
दलहरुबीच आइतबार भएको वार्तासंगै सहमतिका लागि सकारात्मक छलफलको सुरुवात भएको उनको भनाई छ । उनले भने, ‘गतिरोधमा सहमति जुट्छ अन्यथा प्रक्रियामा भए पनि सहमति जुटाउ छु ।’
प्रधानमन्त्रीको राजीनामाले समस्या समाधान नगर्ने बताउदै उनले कांग्रेस, एमालेले पनि अब राजीनामाको मात्रै सर्त नलिने उनको भनाइ थियो । उनले भने, ‘सहमतिका लागि प्रधानमन्त्री बाधक हुनुहुन्न ।’
यसैबीच पार्टीका केही कार्यकर्ताहरुले आफूहरुलाई पार्टीले उपेक्षा गरेको गुनासो गरेका छन् । उनीहरुले पार्टीको हालै विस्तारित केन्द्रीय समिति र महाधिवेशन आयोजक समितिमा नपरेको भन्दै कार्यकर्ताले त्यस्तो गुनासो गरेको एक सहभागीले बताए । 
‘पार्टी भित्र पनि विभेद गरियो योगदानको मूल्यांकन भएन,’ एक महिला नेतृले भनिन, ‘कसरी मनोनित गरिएको हो पार्टीका जिम्मेवार नेताहरुले स्पष्ट पार्न जरुरी छ ।’
केही महिला कार्यकर्ताहरुले प्रशिक्षण हलबाट बाहिर निस्केर केन्द्रीय समितिमा मनोनित कसरी गरियो भन्दै चर्काचर्की गरेका थिए । 

Related

राष्ट्रिय 1409933320787118627

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item