वैश्य जातिमा दाईजो प्रथा अन्त्य गर्ने प्रतिबद्धता



काठमाण्डौ,भदौ ११ । 
राष्ट्रिय वैश्य युवा महासंघ नेपालले वैश्य जातिमा व्याप्त रहेको दाईजो प्रथाको अन्त्यको लागि अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रिय वैश्य यूवा महासंघ नेपालले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले राष्ट्रिय पहिचान, जातीय स्वाभिमान, समग्र विकास र आत्मसम्मानका लागि सम्पूर्ण वैश्य समुदायहरुले अन्तर्जातीय विवाह फुकुवा र दाईजो प्रथाको अन्त्यका लागि अभियान सन्चालन गर्ने घोषणा गरेको हो ।

 वैश्य समुदायका जात जातीमा डर लाग्दो समाजिक कु–प्रथा दाईजोका कारण अनाहकमा चेलीहरुको हत्या गरिने र आजिवन दुःख झेलिरहनु पर्ने अवस्थाको अन्त्यको लागि अधिराज्यका जिल्ला  र वडा–वडामा संगठन विस्तार गरी दाईजो प्रथाको अन्त्यका लागि अभियान सञ्चालन गर्ने पत्रकार सम्मेलनमा महासंघका उपत्यका अध्यक्ष कपिलदेव साहले जानकारी दिनुभयो । 

Related

विविध 4026954349483392792

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item