शिक्षक माथि हातपात हँुदा विद्यालय बन्द

http://sindhulidarpan.blogspot.com/2012/08/teacher_27.html
बागलुङ,भदौ ११ ।
शिक्षकमाथि हातपात भएको भन्दै बागलुङको रणसिहंकिटनीस्थित भृकुटी माध्यमिक विद्यालमा गत शुक्रबारदेखि पठन पाठन अवरुद्ध भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य विकास घर्तिलगायतको एक समूहले शिक्षक शिवशकंर सञ्जियारमाथि हातपात गरेको विरोधमा शिक्षकहरुले पठनपाठन ठप्प पारेका हुन् । विद्यालयको आर्थिक पारदर्शिताका विषयमा विवाद हुदाँ शिक्षक सञ्जियारमाथि हातपात भएको बिद्यालयले जनाएको छ । हातपात गर्ने विद्यालय व्यवस्थापन समितिका सदस्यलाई कारबाही नभएसम्म पठनपाठन सुचारु नगर्ने शिक्षकहरुले बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !