प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गर्नुहुँदै


काठमाण्डौ भदौ १२ । 
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टटराईले आज देशवासीका नाममा सम्बोधन गर्दैहुनुहुन्छ । एकबर्षे कार्यकाल पुगेको अवसरमा आफूले गरेका कामको समिक्षा र आलोचनालाई स्पष्टिकरण दिने गरि प्रधानमन्त्रीले सम्वोधन गर्न लाग्नु भएको हो । दिउँसो ३ बजे सिंहदबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षबाट सम्वोधन गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । विगतका कामको समिक्षासँगै आगामि दिनमा अघि बढ्ने योजनाका विषयमा पनि प्रधानमन्त्रीले सम्वोधनबाट प्रष्ट पार्नु हुनेछ । 

शान्ति र संविधानसँग जोडेर प्रधानमन्त्रीले आफ्नो कार्यकालको समिक्षा गर्नुहुनेछ । प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै ल्याइएका जनमुखि कार्यक्रम र त्यसमा आफुले प्राप्त गरेका सफलता र असफलताबारे उहाँले सम्बोधनमा जानकारी गराउने प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदिप पाण्डेले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीको सम्वोधनका लागि विभिन्न मन्त्रालयले यसअघि नै कार्य सम्पादन प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाइ सकेका छन् । राजमार्गका होटल अनुगमन तथा आक्रामक बजार अनुगमन, राष्ट्रिय गौरवका योजना, काठमाडौंका सडक विस्तार, राहत कार्यक्रम घोषणा लगायतका लोकप्रिय कार्यक्रम ल्याइएपनि प्रभावकारी काम हुन नसकेकोमा उहाँले आज यसबारे पनि प्रष्ट पार्ने बुझिएको छ ।





Related

राष्ट्रिय 3138147533769191200

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item