लडेर एक दर्शनार्थीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/08/pokhara.html
प्यूठान,भदौ १२ ।
प्यूठानको स्वर्गद्धारी दर्शनका लागि आएका एक तिर्थयात्रुको गएराति लडेर मृत्यु भएको छ । कपिलबस्तु विसनपुर– ६ घर भएका दुलारी बडईको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्यूठानले जनाएको छ । कपिलबस्तु जिल्लाबाट ३५ जनाको समूह स्वर्गद्धारी दर्शनका लागि आएको थियो । भिंगृ–२ प्यूठान स्थित इलाका प्रहरी कार्यालय नजिकै लडेर बडईको मृत्यु भएको बताइएको छ । लडेर टाउकोमा गम्भीर चोट लागेका करिव ७५ बर्षिय बडईको घटना स्थलमै मृत्यु भएको प्रहरी निरिक्षक कृष्ण कार्कीले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !