पूर्ण जातिय आधारमा राज्य नभए हतियार उठाउँने जनजाती महासंघको चेतावनी


काठमाडौं,वैशाख १० ।
नेपाल आदिबासि जनजाति महासंघले पुर्ण रुपमा जातिय आधारमा राज्यको पुनःसंरचना नभए हतियार बोकेर शसस्त्र युद्धमा उत्रने चेतावनी दिएको छ । महासंघका केन्द्रिय महासचिब आङकाजि शेर्पा किसानले आज रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा सोलुखुम्बुले आयोजना गरेको साक्षात्कारमा बोल्दै जाति आधारमा प्रदेशहरुको नामांकन र अधिकार नदिए आफ्नो संस्थाले शसस्त्र संघर्ष गर्न बाध्य हुने बताउनु भएको छ ।

महासचिब शेर्पाले जेठ १४ भित्र संघियता सहितको संविधान जारी नगरे तीन दलको हालत राजा ज्ञानेन्द्रको जस्तै बनाईदिने भन्दै उहाँले आफ्नो संगठन  नेपालका तीन दल पछि ठूलो जनमास भएको भन्दै डेढ करोड जनता आफुसँग भएको दावी गर्नु भयो । जातिय आधारमा राज्यको पुनःसंरचना नभए तीन दलका नेताहरुको हालत ज्ञानेन्द्रको भन्दा खराब बनाई दिने चेतावनी दिनु भयो ।

एक फरक प्रसंगमा महासचिब शेर्पाले जातिय राज्य विनाको संविधान जारी भए त्यसको एक सेकेण्डमै संविधान च्यातेर जलाउने समेत चेतावनी दिनु भएको छ । उहाँले त्यसो भएमा नेपालका आदिबासिहरुले  छुट्टै पार्टी खोलेर समानान्तर सरकार बनाउने जिकिर समेत गरे । 

आफुहरु जस्तो सुकै बलिदानी गर्न तयार रहेको बताउने शेर्पाले ११ वटा जातिहरु मात्र थाक्थलोको जनजाती भएकाले ११ वटा जातिलाई मात्र प्रदेश दिए पुग्ने धारणा राख्नु भएको छ । आदिबासि जनजाती महासंघ विदेशीबाट परिचालित छ नी ? भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले आफुहरुले विदेशीको अनुदान मात्र लिएको भन्दै यस्तो सहयोग राज्यले पनि लिएको प्रतिबाद गर्नुभयो ।

Related

राष्ट्रिय 1987062585528594045

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item