अनिवार्य श्रमस्वीकृति पालना गर्न निदेर्शन


लक्ष्मीप्रसाद खतिवडा
काठमाडौं, वैशाख १० ।

सरकारले नेपालको हवाई उद्योगमा काम गर्न आउने वैदेशिक जनशक्तिले अनिवार्य रूपमा कार्यसहमति, श्रमस्वीकृति र गैरपर्यटक भिसा लिनुपर्ने व्यवस्थाको पालना गर्न सरोकारवालालाई निर्देशन दिएको सौर्य दैनिकले लेखेको छ ।
लामो समयदेखि गैरकानुनी रूपमा हवाई उद्योगमा विदेशी जनशक्ति कार्यरत रहेको भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो निर्णय गरेको हो । सबै क्षेत्रमा काम गर्ने विदेशी जनशक्तिले अनिवार्य रूपमा श्रमस्वीकृति लिनुपर्ने कान’नी व्यवस्था भए पनि हवाई क्षेत्रमा यो लाग” ह’न सकेको थिएन । हवाई क्षेत्रमा काम गर्न आउने वैदेशिक जनशक्तिले पर्यटक भिसामा रह“दाका अवस्थामा नेपालमा काम गर्न नपाउने गरी लाइसेन्स नवीकरण, अथोराइजेसन वा भ्यालिडेसन प्रदान गर्दा सबै कानुनी सर्त पुरा गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मन्त्रालयले निर्देशन दिएको छ । साथै मन्त्रालयले विमान कम्पनीलाई पनि सोहीबमोजिम गर्न जानकारी गराएको छ ।
नेपाली हवाई उद्योगको प्रारम्भदेखि हालसम्म वैदेशिक जनशक्तिबाट हवाई उद्योग सञ्चालन हुदै आए पनि यसअघि भने त्यस्तो जानकारी मन्त्रालयले गराएको थिएन । मन्त्रालयअन्तर्गतको हवाई सम्झौता, वायुसेवा तथा विमानस्थल सञ्चालन महाशाखाका सहसचिव सुरेश आचार्यले छोटो समयका लागि आउने विशेषज्ञका हकमा निर्देशन लागु नहुने बताउनुभयो । ‘सकेसम्म नेपालीलाई नै लगाउनु राम्रो तर विदेशी ल्याउनै परेमा छोटो समयका लागि आउने विशेषज्ञका हकमा समस्या छैन,’ आचार्यले भन्नुभयो । विशेषज्ञलाई सबै प्रक्रिया पु¥याउन नपर्ने गरी सहजीकरण गरिदिन प्राधिकरणलाई अनुरोध गरिएको उनले जानकारी दिनुभयो ।

छोटो समयका लागि आउने जनशक्तिका लागिसमेत सम्पुर्ण प्रक्रिया पु¥याउनु पर्दा समस्या हुने गरेको वायुसेवा सञ्चालकको गुनासो छ । लामो समयका लागि काम गर्न आउने वैदेशिक जनशक्तिका लागि आवश्यक प्रक्रिया पु¥याउदै आए पनि पर्यटन मन्त्रालयले आकस्मिक रूपमा पत्राचार गरेपछि समस्या सिर्जना भएको उहाँहरूको भनाइ छ । गृह मन्त्रालयको आग्रहबमोजिम भन्दै पर्यटन मन्त्रालयले प्राधिकरणमार्फत विमान कम्पनीमा कार्यरत वैदेशिक जनशक्तिका लागि श्रमस्वीकृति र गैरपर्यटक भिसा माग गर्न पत्राचार गरेको थियो । मन्त्रालयका अनुसार विमान कम्पनीका समस्याका सम्बन्धमा छलफल भइरहेको छ । ‘मन्त्रालयको उद्देश्य विमान कम्पनीलाई अप्ठेरोमा पार्ने होइन,  सहजीकरण गर्ने हो,’ सहसचिव आचार्यले भन्नुभयो ।
विमान मर्मतसम्भारदेखि सञ्चालनका लागिसमेत वैदेशिक जनशक्ति अनिवार्य भएकाले केही दिनका लागि श्रमस्वीकृति र गैरपर्यटक भिसा लिनुपर्दा कम्पनीलाई समस्या परेको सञ्चालकहरूको दाबी छ । मन्त्रालयले समयावधि निर्धारण नगरेका कारण केही दिनका लागि पनि प्रक्रिया अनिवार्य हुँदा विमान बन्द नै गर्नुपर्ने अवस्था रहेको सिम्रिक एयरका महाप्रबन्धक योगराज कडेलले बताएउनुभयो । उहाँका अनुसार नयाँ विमानको परीक्षण उडानदेखि पाइलटको परीक्षण उडान तथा मेन्टिनेन्सका लागिसमेत वैदेशिक जनशक्ति अनिवार्य छ । श्रमस्वीकृतिका लागि विमान कम्पनीले उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय, गृह मन्त्रालय तथा अर्थ मन्त्रालय धाउनु पर्ने लामो प्रक्रिया छ । श्रमस्वीकृति लिन लामो समय तथा झन्झटिलो प्रक्रियाका कारण सो समयसम्म विमान बन्द गर्दा कम्पनीहरू मारमा पर्ने महाप्रबन्धक कडेलले बताएउनुभयो ।


Related

प्रमूखखबरहरु 7067758658568035166

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item