पोखरीमा डुबेर सर्लाहीमा एक बालकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/04/blog-post_5379.html
शुक्रराज लामा,
सर्लाही,वैशाख १० ।
एक साताको अवधिमा सार्लाहीमा पोखरीमा डुवेर मर्नेको संङ्ख्या तीन पुगेको छ । यसरी मर्नेमा दुई बालक छन् भने एक पुरुष छन् । हिजो दिउँसो सर्लाहीको हरीपुर्वामा पोखरीमा पौडी खेल्नेक्रममा डुवेर एक बालकको ज्यान गुमाएका छन् भने हिजै बिहान कवीलासीमा एक बालकको ज्यान गएको छ । महोत्तरी सतवरा घर भइ सर्लाही हरिपुर्वा २ मा आफ्नो हजुरबुवाको घरमा आएका ८ वर्षीय मनिष पासवानको पौडी खेल्नेक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यसअघि सर्लाहीको कवीलासीमा हिजो मात्रै पोखरीमा डुबेर कविलासी –६ बस्ने सुनिल साहको मृत्यु भएको हो । पोखरीमा नुहाउने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै गरी सर्लाहीकै जब्दिमा पोखरीमा एक पुरुषको पौडी खेल्ने क्रममा ज्यान गएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !