यौनजन्य दुव्यबहार विधेयकमाथि छलफल सुरु


काठमाण्डौ,वैशाख ५ ।

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण विधेयकमाथि व्यवस्थापिका संसदको विधायन समितिमा आजदेखि छलफल सुरु भएको छ । महिलाहरुमाथि हुने यौनजन्य हिंसा निवारणका लागि भन्दै सरकारले गत २०६६ सालमा ल्याएको विधेयकमाथि तीन वर्षपछि छलफल हुन लागेको हो । सभासदहरुले भने विधेयकका कतिपय प्रावधान अष्पष्ट भएका कारण संशोधनसहित गर्नुपर्ने बताएका छन् । विधेयकमाथि सैद्धान्तिक छलफलमा महिला बालबालिका मन्त्री दानबहादुर चौधरी कुर्मीले विधेयक पारित भएमा क्याबिन, डान्सबारलगायतका स्थानमा महिलामाथि भइरहेका हिंसा रोकिने बताउनुभयो ।

 मन्त्रालयका सचिव बालानन्द पौडेलले महिलामाथि भइरहेका यौनजन्य हिंसा अन्त्यका लागि विशेष कानून बनाउन जरुरी रहेको भन्दै विधेयक छिटो पारित गरिदिन आग्रह गर्नुभयो । सभासदहरुले विधेयक पारित भएमा महिलामाथी भइरहेका यौनजन्य हिंसा रोकिने विश्वास गरेका छन् । नेकपा एमालेका उषाकला राइले विधेयकलाई फराकिलो दायराबाट पारित गर्नुपर्ने बताउनुभयो । 

एकीकृत माओवादीका साबित्रा गुरुङ दुराले विधेयकलाई कार्यस्थल भन्दा पनि जुनसुकै स्थानमा हुने दुव्र्यवहार रोक्नु पर्ने बताउनुभयो । नेमकिपाकी लीला न्याइच्याइले यातायातका साधन, सरकारी कार्यालयलगायतका स्थानमा भइरहेका क्रियाकलाप रोक्नका लागि कानून जरुरी रहेको बताउनुभयो । विधेकयमा सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, संघसंस्थालगायतका स्थानमा महिलालाई दुव्र्यवहार वा गलत आशयले हेरेमा उजुरी लाग्ने व्यवस्था प्रस्ताव गरिएको छ ।  

Related

राष्ट्रिय 1075022897511580722

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item