सिन्धुलीमा तेलहन उत्पादनमा वृद्धि

ध्रुवचन्द्र खड्का,
सिन्धुली,वैशाख ५ ।

यस वर्ष सिन्धुली जिल्लामा तेलहन उत्पादनमा वृद्धि भएको छ । जिल्लामा तोरी तथा सरसिउँ जस्ता तेलहन पदार्थको उत्पादनमा ५ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको करिव ५ हजार ४ सय पचासी  हेक्टर क्षेत्रफलमा गरिएको खेतीमा ५ हजार १ सय पैसट्ठी मेट्रिक टन तेलहन पदार्थमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत वर्षको तुलनामा यसवर्ष मौसमले साथ दिएकाले उत्पादनमा सामान्य वृद्धि भएको हो । सिन्धुलीमा प्रतिहेक्टर ०.९३ मेट्रिक टन तेलहन उत्पादन हुने गरेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लका तीनपाटन, कमलाखोँच, महाभारत तथा मरिण क्षेत्रमा रहेको विभिन्न गासिमा तेलहन पदार्थको उत्पादन राम्रोसंग हुने गरेको कार्यालयले जनाएको छ । 

Related

प्रमूखखबरहरु 3826032897759074696

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item