बिहेलगत्तै आत्महत्या
http://sindhulidarpan.blogspot.com/2012/04/s_499.html
राजविराज (सगरमाथा),
वैशाख,१८ ।
बिहेको प्रितीभोजका दिन आज सप्तरीका एक युवकले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने बकधुवा–१ छपकी टोल निवासी राजेन्द्रप्रसाद यादवका छोरा २१ वर्षीय सुरेन्द्रप्रसाद यादव भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरकै खाली कोठामा सन्पाटको डोरीमा पासो लगाई झुन्डिएको अवस्थामा शव फेला परेको मृतकको परिवारका सदस्य शिवनारायण यादवले जानकारी दिनुभयो ।

राजविराज क्याम्पसमा मानविकी सङ्कायमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत सुरेन्द्रको यही वैशाख १४ गते राजविराज–१० निवासी अन्जु यादवसँग विवाह भएको थियो । मृतकको शव परीक्षणका लागि आज बिहान सगरमाथा अञ्चल अस्पताल राजविराजमा ल्याइएको प्रहरी दीर्घनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !