अध्यक्ष दाहाल डिजाईनमा हिडेका छन्
http://sindhulidarpan.blogspot.com/2012/04/s_2148.html
जनकपुर, वैशाख १८ ।
एकीकृत माओवादीका सचिव सीपी गजुरेलले चार दलका शीर्ष नेताको लेनदेनबाट प्रायोजित संविधान जारी गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनु भएको छ । धनुषाको जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विवाद समाधानका नाममा चार दलका शीर्ष नेताले संविधानसभाको भूमिकालाई समाप्त पार्ने दुष्प्रयास गरिरहेको बताउनु भयो ।

सचिव गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत गरिएको दस प्रदेशको अवधारणाअन्तर्गत मिथिला प्रदेशलाई गायब गरेकोमा बिरोध गर्नु भयो । उहाँले दस प्रदेशको अवधारणा पार्टी नीति विपरीत रहेको भन्दै अध्यक्ष दाहालले सुशील कोइराला, माधव नेपाल र विजय गच्छदारको डिजाइनमा काम गरिरहेको आरोप लगाउनु भयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !