बम विष्फोटको भत्र्सना


काठमाडौं,  वैशाख १८ ।

 नेपाली कांग्रेसले जनकपुर नगरपालिकाको रामानन्द चोकमा आज विहान चार जनाको ज्यान जाने गरेर भएको घटनाको निन्दा एवं भत्र्सना गर्दै आपराधिक जत्थालाई पक्राउ गरेर हदै सम्मको कारबाही गर्न माग गरेको छ ।
कांग्रेसले आज विज्ञप्ती जारी गरेर आपराधिक समूहबाट भएको कायरतापूर्ण र मानवता विरोधी यस घटनाको घोर निन्दा र भत्र्सना गरेको जनाएको छ । उसले घटनामा संलग्न अपराधीहरुको यथाशीघ्र खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न, आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको सम्पूर्ण उपचारको प्रबन्ध मिलाउन समेत माग गरेको छ ।
जनकपुर नगरपालिका वडा नम्वर–१० मा आज भएको वम बिष्फोटबाट चार जनाको मृत्यु भएको थियो ।
यसैवीच, बिभिन्न अधिकारवादी संघ÷संगठनहरुले पनि जनकपुर घटनाको बिरोध गरेका छन् । नेपाल मानव मानव अधिकार संगठनले विज्ञप्ती जारी गरेर घटनाको भत्र्सना गरेको छ ।

Related

विविध 4055876938035656072

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item