संघियता कसैको जिद्दीमा हुदैन:झा

उमा पौडेल,
 सिन्धुली,वैशाख १८ । 


संघीयता कसैको जिद्दीमा नहुने एमाले पोलिटव्युरो सदस्य रामचन्द्र झाले बताउनु भएको छ । उहाँले विभेदमा परेकाहरुलाई समेटेर संघीयता बनाउनु पर्ने बताउनु भयो । आज कमलामाई १५ मा निर्माण सम्पन्न भएको भँडार बाघमारा झोलुङ्गे पुलको उद्घाटन गर्र्र्दै नेता झाले आफ्नै दल एमालेको संघीयता सम्वन्धी धारणमा सन्तुष्ट हुन नसकेको बताउनु भयो ।

संविधान तोकिएकै समयमा जारी नभएर सभासद मात्रै दोषी नहुने भन्दै नेता झाले चार ठुला दलका मुख्य नेता कठ्घारामा उम्भनु पर्ने बताउनु भयो । उहाँले कम आम्दानी भएका स्थानीय निकायहरुलाई बढी अनुदान दिने व्यवस्थाको सुरुवात आफू स्थानीय विकास मन्त्री हुदाँ गरेको दावी पनि गर्नु भयो ।

त्यस्तै कार्यक्रममै बोल्दै सभासद् विषमलाल अधिकारी दनुवारले जनप्रतिनिधीहरुले काम नगरेका कारण विकास पछि परेको भन्दै सिन्धुलीको विकासमा जनप्रतिधिहरुले नै चासो नदिएको बताउनु भयो । उहाँले आफूले अन्य पाटीका जनप्रतिनिधीहरु सँग पनि छलफल गरेको तर उनीहरुले विकासमा चासो नदिएको आरोप पनि लगाउनु भयो ।

Related

राष्ट्रिय 8602812262515277810

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item