मधेश टुक्राउने षडयन्त्र विरुद्ध जनप्रदशन

सुरेश विडारी,
सर्लाही,वैशाख १८ । 
मधेशी जन अधिकार फोरम नेपालले सर्लाहीको विभिन्न स्थानमा जन प्रदर्शन गरेको छ । सर्लाहीको हरिपुर, वरहथवा, इश्वरपुर, डुमरीया लगायत क्षेत्रमा जन प्रदर्शन गरेको हो । मधेश टुक्र्याउने षडयन्त्र बन्द गर, समावेशी विद्येयक पारित गर, स्वायत्त मधेश प्रदेश घोेषणा गर भन्ने लगायतको माग गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत जनप्रदर्शन गरिएको जिल्ला सदस्य विनोद यादवले जानकारी दिनुभयो । फोरम नेपालका केन्द्रिय सदस्य कृष्णदेव यादव, २ नं क्षेत्रका क्षेत्रीय इन्चार्ज राम नरेश राय, जिल्ला सदस्य राम सिंहासन पटेल लगायतका नेताहरुको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा ¥याली सहितको जनप्रदर्शन गरिएको फोरम नेपाल सर्लाहीले जनाएको छ । 

सर्लाही सदरमुकाम मलङगवामा रहेका अधिकांश सरकारी कार्यालयको शौचालय दुर्घन्धित भएको पाइएको छ । नियमित रुपमा राम्रोसँग सरसफाई नगरिएका कारण सौचालयहरु दुर्घन्धित बनेका हुन् । कतिपय सरकारी कार्यालयमा रहेका शौचालयहरु जिर्ण बनिसक्दा समेत मर्मत नगरिएको देखिएको छ । सरकारी कार्यालयका शौचालयमा जान सेवाग्राहीहरुले समेत घिन मान्ने गरेका छन् । जसका कारण सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राहीहरुले कार्यालय परिसरमै कुनै कुना खोजेर दिसा पिसाब गरिदिने गरेका छन् । शौचालय समेत सफा राख्न नसक्ने सरकारी कार्यालयका कर्मचारीहरुले केही गर्न नसक्ने भन्ने कुरा अहिले जनमानसमा चल्न थालेको छ । जिल्लाकै प्रमुख रहने जिल्ला प्रशासन कार्यालय, सबैलाई शौचालय सफा राख्नुपर्छ भनेर सन्देश दिनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला विकास समितिको कार्यालय, कृषि विकास कार्यालय, विद्युत प्राधिकरण शाखा कार्यालय लगायतका कार्यालयहरुमा रहेका शौचालयहरु राम्रोसँग सफा नगरिएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । यसैबीच प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलीयाले जिल्लाका सरकारी कार्यालयहरुमा शौचालय,पानी, विजुली लगायत सबै पूर्वाधारको समस्या रहेको बताउनुभयो । सम्बन्धित कार्यालयका प्रमुखहरुले ती कुराहरुमा चासो दिएको खण्डमा समस्याको समाधान हुने उहाँले दावी गर्नुभयो । 

एकिकृत नेकपा माओवादी निकटको अखिल नेपाल सुकुम्वासी संघ सर्लाहीको हरीवनमा जिल्ला स्तरीय घोषणा सभा भएको छ । घोषणा सभामा जिल्ला २१ सदस्यिय कार्यसमितीका सदस्यहरुको नाम घोषणा गरिएको थियो । कार्यसमितीको अध्यक्षमा तिलक महतो ,उपाध्यक्षमा राजु सिवाकोटी, सचिवमा रोहित परियार, कोषाध्यक्षमा डम्बर माझी, सहसचिवमा सुमन लामा लगायतका रहेका छन् । अखिल नेपाल सुकुम्वासी जिल्ला अध्यक्ष तिलक मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य दीपबहादुर योञ्जनले कार्यसफलताको शुभकामना व्यक्त गर्नुभयो ।


Related

विविध 7178830227733906283

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item