होटल रेस्टुरेन्टमा छापा,पाँच जोडी पक्राउ

इटहरी,  वैशाख १७ । 


इटहरी र यस आसपासका क्षेत्रमा अवैध यौनधन्दा चलाउने गरिएको भन्दै सर्वसाधारणबाट उजुरी परेपछि प्रहरीले हिजो साँझ यहाँका केही होटल तथा रेस्टुरेन्टमा छापा मारेको छ ।  विशेषगरी इटहरी चोकदेखि पश्चिम लाइनको राजमार्ग क्षेत्रमा खोलिएका होटल, लज र रेस्टुरेन्टमा हुँदै आएको अवैध यौनव्यापार नियन्त्रणका लागि प्रहरीले छापामा मार्दा पाँच जोडीलाई यौनजन्य कार्य गरिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सागर थापाले जानकारी दिनुभयो ।  प्रहरीले कान्तिपुर रेस्टुरेन्ट एन्ड बार, सिद्धकामना होटल, होटल मकालु र होटल लालीगुराँसबाट ती युवायुवतीलाई पक्राउ गरेको हो । अवैध यौनधन्दामा संलग्नमध्ये कतिपय १६ वर्षमुनिका किशोरीहरू रहेका छन् ।

प्रहरीले ५० वर्ष उमेर समूहका पुरुष समेतलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । होटल लज तथा रेस्टुरेन्ट व्यवसायीले व्यावसाय सञ्चालसम्बन्धी आचारसंहिता बनाए पनि कतिपयले त्यो आचारसंहितालाई पालना नगरेको अनुगमनका क्रममा फेला परेको छ । इटहरीमा झन्डै ५०० होटल लज तथा रेस्टुरेन्ट रहेका छन् । इटहरी तथा यस आसपासका क्षेत्रमा झन्डै ५०० जना सङ्गठित यौन व्यवसायी क्रियाशील रहेको बताइएको छ । 

Related

विविध 5117420696345464482

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item