सिन्धुलीको दश गाविस औलोको उच्च जोखिममा

मिनकुमार दाहाल,
सिन्धुली,वैशाख १७ ।
जिल्ला स्वाथ्य कार्यालय सिन्धुलीले कमला खोंच क्षेत्रका दश गाँउ विकास समितीमा औलो रोगको उच्च जोखी रहेको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर रामवहादुर यादवका अनुसार कमला खोंच क्षेत्रको पुर्व भिमान गाविस सहित रानीवास,निपाने,हत्पते,हर्षाही,र्सिर्थौली,टाँडी,दुधौली, लदाभिर,आम्वोट र अरुणठाकृुर औलो प्रभावित गाविसहरु हुन ।

औलो प्रभावित गाविसमा १ हजार २ सय १२ जनाको रगत परिक्षण गर्दा १२ जनामा औलो रोग फेला परेको यादवले वताए । १२ जना औलो रोगी मध्ये १० जनामा प्लाजमोडिएम भाइभेक्स र २ जनामा प्लाजमोडिएम फाल्सीफेरम औला का किटाणुहरु फेला गरेका छन् । औलो रोग नियन्त्रण गर्न ग्वलोवल फन्टको सहयोगमा नेपाल रेडक्रश सोसाईटीले  नगरपालीका सहित दश गाविसमा ५० हजार सुपानेट झुल वितरण गरिने तयारी भएको भेक्टर रामवहादुर यादवले वताउनुभयो ।

Related

स्थानिय 8743497967833322230

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item