श्रीमतीको रिसले आफ्नै घरमा आगजनी
http://sindhulidarpan.blogspot.com/2012/04/s_4291.html
खोटाङ, वैशाख १७।
श्रीमतीसँग घरायसी झगडा परेपछि रिसको झोँकमा आफ्नै घरमा आगो लगाउँदा खोटाङ डिकुवा-३ का रामबहादुर मगरको परिवार बिचल्लीमा परेका छन् । मादक पदार्थ सेवन गरी श्रीमतीसँग झगडा गर्दै पाँच दिनअघि घरमा आगो लगाएका मगरको नौजनाको परिवार अहिले बिचल्लीमा परेका हुन् । घरमा भएका भाँडाकुँडा, लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएपछि मगर परिवार भाइको घरमा शरण लिएर बसेको स्थानीयवासी रेवतबहादुर मगरले जानकारी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !