"सिन्धुलीमा श्रीमती कुट्ने बढे"

रमा कार्की 
सिन्धुली,वैशाख १८ ।
पछिल्लो समय सिन्धुलीमा महिला हिंसाको घटना निरन्तर बढेको छ । सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा निवासी सुरेश थापाले गत शनिबार राति १० बजे आफ्नी श्रीमती सुशिला थापालाई मरणासन्न हुने गरी कुटपीट गरेका थिए । श्रीमतिलाई कुटपीट पछि धारिलो हतियार  प्रहार गर्दा ३ वर्षिय अपाङ्ग छोरीलाई लागेर छोरीको घुँडामा गहिरो चोट लागेको छ । श्रीमती थापाको २ घण्टा पछि होस खुलेपछि रातमाटामा रहेको जनरल अस्पतालबाट  सामान्य उपचार पछि छिमेकीहरुले आमाछोरी लाई घर ल्याएको थिए । थापाको यो श्रीमति माथीको निर्मम व्यवहार पछि  प्रहरिलाई खबर गरेपछि प्रहरिले उनलाई नियन्त्रणमा लिएको थियो ।
पिडक थापा पोखरामा नेपाल आर्मीमा कार्यरत छन् । थापाले यस भन्दा पहिला पनि पटक पटक श्रीमती र छोराछोरीलाई मरणासन्न हुने गरी कुटपीट गर्दै आएका थिए । 

शनिबार रातिको कुटपीट पछि प्रहरिले छिमेकी महिलाहरुलाई बोलाएर छलफल पीडित  र पीडक वीच छलफल गराई आगामी दिनमा यस्ता घटना नदोरिने दोहोरिएमा कडा भन्दा कडा सजाय भोग्न तयार छु भन्दै पीडक थापाले स्वीकार गरी घर फर्कीका थिए । प्रहरिबाट छुटे लगत्तै आइतबार राति करिव ११ बजे तिर फेरी घरमा श्रीमति सुतिरहेका बेला श्रीमतीको मुख नाक थुनेर घाँटी दावेर  थापाले मार्ने हर्कत गरेको थाहा पाए पछि प्रहरिलाई खबर गरी थापा र पीडित श्रीमतीलाई प्रहरिकहाँ जिम्मा लगाइएको थियो । विगत पाँच वर्ष देखि थापाकी दिदी लक्ष्मी थापा पनि बुहारि सँगै बस्दै आएको र भाइलाई बुहारीको बारेमा नभएका गलत लान्छना लगाउँदै भाइलाई कुरा लगाएको र भाइले दिदीको कुरा सुनेर निरन्तर पीट्दै आएको पीडित थापाले बताइन् । थापा जोडिका दुई छोरी र एक छोरा छन् ।  बैनी अनिता केसि शनिबार मेरो साथमा नभएको भए मेरो लास त्यही दिन हुने थियो भन्दै पीडित थापाले रुदै प्रहरि सामु वयान दिएकी थिइन् ।
अनलाईनवाट लिईएको तस्विर 
थापाले दिदीलाई कुट्दै गरेको अवस्थामा छुट्याउन जाँदा साली अनितालाई समेत अनुहारमा  मुड्की मुड्कीले कुटेको र सालीलाई छातीमा  ३ लात्ती हानेको अनितालले बताइन् । अनिता विगत १५ दिन देखि दिदीको घरमा विएड पहिलो वर्षको परिक्षा दिन आएको र उनका अनुसार (दिदी पीडित) ले अहिले सम्म श्रीमानले यसरी दुःख दिएको हामी माइती पक्षलाई नभनेको आफुले भर्खर यहाँ आए पछि मात्र थाहा पाएको बताइन् । केसि पनि शसस्त्र प्रहरिमा चिवनमा कार्यरत रहेको हामीलाई बताइन् । उनी पहिलो दिनको घटनामा प्रत्यक्षदर्शी भएको बताउँदै घटना बारे उनी भन्छिन्,“ शनिबार विहान दिदी र म मेरो पक्षिा पनि सकिएको थियो  । भिनाजुको सल्लाह अनुसार नै हामी जनकपूर जानकी मन्दिर गएका थियौ घरमा भिनाजु र भिनाजुको दिदी लक्ष्मी थिए,हामी बेलुका घरमा आउँदा सम्म भिनाजु ठिक हुनुहुन्थ्यो दिदी भिनाजुले रमाइलो सँग मासु भात पाएका थिए,खान खाने बेला भए पछि भीनाजु भित्र बसेर रक्सी खान थाल्नु भएछ दिदीले भिनाजुलाई राम्रो सँग रक्सी नखानु भन्दा एक्कासी दिदीलाई कुट्न थालेको दिदी लाई कीन कुटेको भन्दै छुट्याउन जाँदा आफुलाई पनि कुटेको र केहिछिन पछि भिनाजुले मासुु काट्ने भारिलो दाउ पछाडी लुकाएर आएको र दिदी लाई त्यो दाउ प्रहार गर्दा मैले हात समाउँदा सँगै सुतेकी अपाङग छोरीलाई लागेको र दिदी लाई फेरी हात लात्तीले कुटेपछि दिदी बेहोस भए पछि  उनले प्रहरिलाई खबर गरेको बताइन् ।” यो घटनामा अन्दाजी १० वर्षिय छोरा सुमन बाहिर बसेर मरो ममीलाई बाबाले मार्नु भयो भनेर कहालिदा बाबुले उल्टै मेरो बेइज्जत गर्छस भन्दै मुख थुनेर छोरालाई भित्र लगेर कुटेको बालकले बताएका छन् ।

विगतका दिनमा पनि यसरी धेरै पटक श्रीमानबाट कुटाई  खाइएकी शुसिलले श्रीमान सुध्रिन्छन की भन्दै रातभरी श्रीमानले कुटेर नीलडाम बनाए पनि हामी छिमेकी ले के भयो भनेर सोध्दा पनि थापाले कहिले मोटर साइकलबाट लडेको त कहिले ठोक्कीएको भन्दै ढाट्ने गरेको पीडितको नजिकै घर भएकी उर्मीला कार्कीले बताइन् । माइती रामेछाप भएकी २८ वर्षिय थापाको सु्रेश सँग १३ वर्ष अघि विहे भएको थियो । सुरेश ९ कक्षामा पढ्दै गर्दा विहेको भएकी सुशिलाले परिवारका कुनै पनि सदस्यले साथ नदिएका बेला उनलाई पढाएर नेपाल आर्मीमा जागिर खुवाउन  समेत प्रोत्साहन गरेको विगतलाई सम्झिदै अहिले आएर दिदीको नभएका कुरा सनेर यो अवस्था सम्म ल्याएको उनले गुनासो गरिन् ।

उनी भन्छिन्,“ जहिलेदेखि यो घरमा मेरो आमाजु म सँग बस्न थालिन त्यहीले देखि नै मैले यसरी श्रीमानको ज्यादती सहनु परेको छ ।” महिलालाई महिलाले नै हिंसा गर्नेगर्छन भन्ने उक्ति यो घटनामा चरितार्थ भएको छ । ज्यादतीको पनि सिमा हुन्छ ,बुहारी छिमेकीका घरमा जानु पनि नहुने,बुहारीले कोही पुरुष सँग बोल्नु पनि नहुने तुरुन्त भाइलाई फोन गरेर तेरी स्वास्नी पोइल जान आटेकी छे दुनियाँ सँग हिड्छे बोल्छे भन्दै झुट्टा आरोप लगाउँदै फोन मार्फत कुरा लगाउने गरेको र घरमा बुहारीलाई पनि पख तँलाई भाइ आए पछि ठिक लगाउँछु भन्दै धम्की दिने गरेको बताउँदै कहिले काँही तेरी श्रीमति यहाँ सिकिस्त विरामी छ भनेर भाइलाई बोलाउने गरेको र भाइ आए पछि कुट्न लगाउने गरेको उनले थपिन् । थापाकी दिदी घटना हुने दिन पनि बुहारीलाई कुट्ने योजना बनाएर बेलुका घरबाट निस्केकी उनले बताइन् । घटना पछि उनको मोवाइलमा छिमेकीले सम्पर्क गर्दा उनको मोवाई स्वीच अफ गरिएको थियो । जव प्रहरि कार्यालयबाट भाइबुहारी फर्किएको  आइतबार साँझ घरमा घाइते बुहारीलाई के भयो भनेर भाइ बुहारीलाई सम्झाइ बुझाइ गर्नु त कता हो कता उल्टै बुहारीलाई  अपशब्द प्रयोग गर्दै गालि गलौज झाङल झुङ्गल गरेको स्थानीय निर्मला राईले बताइन् उनको यो बुहारी माथीको ज्यादती भएको स्थानीयहरुले बताएका छन् ।

घटनामा मुछिएकी लक्ष्मी सिन्धुलीको रानिचुरी भिरगाउँमा रहेको चिलाउँने माविमा प्रावि तहमा राहत शिक्षकमा कार्यरत छिन् । यसरी महिलाको समस्या नबुझ्ने र महिलालाई महिलाको आँखाले हेर्न नसक्ने शिक्षकले कसरी विद्यार्थीको इच्छा ,चाहाना र मनोविज्ञान अनुसार शिक्षा दिन सक्छिन् उनको पेशामा नै प्रश्न चिन्ह उठाएका छन् समाजले । जति सहनु पर्ने मैले सहि सकें अब म यो घरबाट जति पाउनु पर्ने हो त्यो लिएर छुट्टै बस्न चाहान्छु उनले भनिन् । पिडितको पनि गल्ती छ की भनेर छिमेकि महिला हरुलाई सोध्दा महिलाहरु पीडितको त्यस्तो कुनै पनि शशकिंत व्यवहार नभएको र आफ्नो दुःख गरेको बसेकी र गल्ती भन्नु नै यत्तिका समय सम्म हिंसा सहेर बस्नु रहेको र आज यो ज्यानै लिन सक्ने गरी पीडकमा आँट बढेको उनीहरु बताउँछन् । प्रहरिको नियन्त्रणमा रहेको पीडक र पीडितको बारेमा जिल्ला प्रहरि कार्यालयमा बुझ्दा घटनाबारे सोधपुछ र अनुसन्धान भइरहेको सिन्धुलीका प्रहरि निरिक्षक दिलिप पुरीले  जानकारी दिएका छन् । 

Related

स्थानिय 3925494429986140085

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item