"शिक्षकहरुको तालिम सुरु"
http://sindhulidarpan.blogspot.com/2012/04/s_267.html
चीना थापा,
सिन्धुली.बैशाख १८ ।
सिन्धुली.बैशाख १८ ।
शिक्षण कार्यमा देखिएका समस्याहरुको पहिचाहन समस्या सामाधानका उपयुक्त विकल्पहरुको छनौट तथा रणनिति निर्माण कार्यान्वयन निरन्तर शिक्षक पेशागत सहयोग प्रदान एवं मूल्यांकन सहभागितात्मक सिकाई र शिक्षण कौशलको विकास गर्दै, सिट वेस र अनुसन्धानमुखी ज्ञान, सीप र अभिबृद्धिको समेत विकास गर्ने उद्धेश्यका साथ जिल्ला शिक्षा कार्यालय सिन्धुलीको आयोजनामा आज देखि माध्यामिक शिक्षकहरुको पेशागत विकास सम्बन्धी पाँच दिने तालिम आजबाट सिन्धुलीमाढीमा सुरु भएको छ ।
कमला अगुवा स्रोतकेन्द्र ढुग्रेवासमा सुरु भएको उक्त तालिममा गणित, नेपाली र जनसंख्या शिक्षा विषयका गरी ७५ जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण कृष्ण निरौला, दिनेश घिमिरे र विनोद गोइतले गर्नुहुनेछ भने तालिम २२ गतेसम्म चल्ने आयोजकले जनाएको छ । यसभन्दा अघि अंग्रेजी, विज्ञान र सामाजिक विषयका ८५ जना शिक्षकहरुलाई पनि तालिम दिई सकेको जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले बताउनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !