स्थानीयले नपरपालिकाका प्रशासकीय अधिकृतलाई कालोमोसो दले

प्रकाश सुन्दास, 
काभ्रे वैशाख ११ । 
पनौती नगरपालिका वडा नम्बर १३ पस्थलीका स्थानीय बासिन्दाहरुले नपरपालिकाका प्रशासकीय अधिकृतलाई कालोमोसो दलेका छन् । आफुहरुले डम्पिङ निमार्ण नगर्न पटक–पटक आग्रह गर्दा पनि नगरपालिकाले व्यवस्ता गरेको भन्दै आज विहान डम्पिङ क्षेत्रसम्म लैजाने सडक उपभोक्ता समिति गठन गर्न गएका प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी र इन्जिनियर प्रेम कुमार सोनामलाई स्थानीयहरुले मोसो दलेर गाउँ परिक्रम गराएका हुन् ।

स्थानीयबासिन्दाहरुले विरोधका लागि बलराम केसीको संयोजकत्वमा २१ सदस्य डम्पिङ साइड विरोध संघर्ष समिति नै गठन गरेका छन् । सुरुमा साढे नौ रोपनी र विस्तार गर्दै २७ रोपनी क्षेत्रफल सम्म नगरपालिकाले डम्पिङ साइड निर्माण गर्ने योजना बनाएको संघर्ष समिति संयोजक बलराम केसीले जानकारी दिनुभयो ।  

Related

राष्ट्रिय 5678859693850273524

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item